Nepal Times
Nepal Times
3
Shares

मापदण्ड बनाएर सिनेमा हल सञ्चालन गर्ने तयारी

मापदण्ड बनाएर सिनेमा हल सञ्चालन गर्ने तयारी

९ साउन, काठमाडौँ ।
अर्थ, सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर सञ्चालनगर्ने विषयमा छलफल गर्न सरकार तयार रहेको बताएका छन् ।

चलचित्रविकास वोर्डले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सिनेमा घरहरुले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दुरी कायम गरी चलाउन सक्ने भए छलफल गरेर अगाडि बढ्न सकिने बताए ।

उनले सिनेमा घर सञ्चालन गर्ने सम्बन्धमा चलचित्र विकास बोर्डले मापदण्ड तयार गरिसकेको र त्यसमा छलफल गरेर छिट्टै टुंगोमा पुग्ने बताए । चलचित्र क्षेत्रलाई खुलाई गतिविधि अगाडि बढाउन सके चलचित्रकर्मीहरु र लगानीकर्ता सबैलाई उत्साहको वातावरण बन्न सक्ने उनले बताए ।

चलचित्र क्षेत्र अतिप्रभावित क्षेत्र भएकाले लकडाउनका कारण परेको असरलाई न्यूनीकरण गर्न मौद्रिक नीतिले सम्बोधन गरेको मन्त्री खतिवडाले बताए । उनले चलचित्रमा भएको लगानीलाई ह्रास हुन नदिन र पूँजी क्षय हुन नदिन नीतिगत रुपमा मिलाउने कामहरु भइसकेको समेत बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.