Nepal Times
Nepal Times
3
Shares

‘माया पिरिम’ ट्रेलर रिलिज: कोशिश र किरणको प्रेम र वियोग (भिडियो)

‘माया पिरिम’ ट्रेलर रिलिज: कोशिश र किरणको प्रेम र वियोग (भिडियो)

७ मंसिर, काठमाडौँ ।
चलचित्र ‘माया पिरिम’ को ट्रेलर सार्वजनिक भएको छ । मङ्सिर २० गतेबाट देशव्यापी प्रदर्शनमा रुपमा आउन लागेको सो चलचित्रको ट्रेलर शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

टेक पौरखी राईले निर्देशन गरेको चलचित्रको ट्रेलरमा प्रमुख अभिनेता कोसिस क्षेत्री र अभिनेत्री किरण चन्दको प्रेम, कमेडी र एक्सनलाई समेटिएको छ । यस चलचित्रमा कोसिस र किरणका अलावा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय रहेको छ ।

चलचित्रको कथा निर्माता सविन अधिकारीले लेखेका हुन् भने सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेका छन् । सह–निर्मातामा मोहन मरासैनी र युवराज दाहाल रहेका छन् । चलचित्रलाई निरज कँडेलले खिचेका हुन् यसै गरी श्री श्रेष्ठको द्वन्द्व रहेको छ ।

ट्रेलर रिलिज कार्यक्रममा अभिनेता कोसिसले चलचित्रको आफ्नो भूमिकालाई लिएर उत्साहित रहेको बताए । उनले चलचित्रको कथावस्तु राम्रो रहेकोले पनि दर्शकलाई मन पर्ने आशा व्यक्त गरे । केही दिन पहिले चलचित्रको गीत ‘फोटो खिचेर’ सार्वजनिक भएको छ । जसमा अभिनेता सलोन बस्नेत र मोडल अञ्जली अधिकारी फिचर्ड छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.