Nepal Times
Nepal Times
3
Shares

मार्जिन प्रकृतिको कर्जा ९९ प्रतिशत बढ्यो

मार्जिन प्रकृतिको कर्जा ९९ प्रतिशत बढ्यो

३ असार,काठमाडौं ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) को वैशाखको तुलनामा चालू आवको वैशाखमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कर्जा वृद्धिदर ९९ दशमलव १९ प्रतिशतले बढेको छ ।

गत आवको १० महीनाको तुलनामा चालू आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कुल कर्जा रू। ९४ अर्ब ३४ करोड ४० लाख पुगेको छ । यो वाणिज्य, विकास बैंक र वित्त कम्पनीमार्पmत भएको कर्जा प्रवाह हो ।

गत आवको सोही अवधिमा मार्जिन प्रकृतिको यस्तो कर्जा रू। ४७ अर्ब ३६ करोड ५० लाख बराबर प्रवाह भएको थियो । यसपटक थप ४६ अर्ब ९७ करोड ९० लाख रुपैयाँले कर्जा प्रवाह भएको छ ।

वैशाखसम्मको कुल कर्जा प्रवाहमा मार्जिन प्रकृतिको कर्जाको अंश २ दशमलव ३२ प्रतिशत रहेको छ । यसअवधिमा कुल कर्जा रू। ४० खर्ब ६१ अर्ब ४० करोड ५० लाख प्रवाह भएको छ । यसअवधिमा वाणिज्य बैंकको कर्जा वृद्धिदर ११४ दशमलव ८६ प्रतिशत रहेको छ ।

सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूमा गत आवको वैशाखसम्म ३७ अर्ब ९८ करोड ३० लाख रुपैयाँ हाराहारीमा कर्जा प्रवाह भएकोमा गत वैशाखमा रू ८१ अर्ब ६१ करोड २० लाख पुगेको छ । वाणिज्य बैंकमध्ये सबैभन्दा बढी मार्जिन प्रकृतिको कर्जा प्रवाह गर्नेमा ग्लोबल आईएमई बैंक देखिएको छ । ग्लोबलले यस शीर्षकको कर्जामा ७ अर्ब ५१ करोड ६० लाख रुपैयाँ प्रवाह गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.