Nepal Times
Nepal Times
3
Shares

मालदिभ्समा भएको विष्फोटमा पूर्वराष्ट्रपति घाइते

मालदिभ्समा भएको विष्फोटमा पूर्वराष्ट्रपति घाइते

२४ वैशाख, एजेन्सी । मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका छन् ।

बहालवाला सभामुखसमेत रहेका उनको एक अस्पतालमा उपचार भइरहेको छ । मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् यसको जानकारी दिएको छ ।

राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय मिडियाका अनुसार विहीबार साँझ उनको घर बाहिर विष्फोट भएको थियो । उनी कारमा चढ्न लाग्दा विष्फोट भएको बताइएको छ ।

उनको घर बाहिर पार्किङ गरेर राखिएका मोटरसाइकलमा विष्फोटक पदार्थ राखेर विष्फोट गराइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बीबीसीले जनाएको छ ।

५३ वर्षीय नाशिद उपचाररत अस्पतालले उनलाई धेरै ठाउँमा चोट लागेको र स्वास्थ्य अवस्था स्थीर रहेको जनाएको छ ।

मालदिभ्सका बहालवाला राष्ट्रपतिले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । विष्फोट उनैलाई लक्षित थियो कि थिएन भनेर आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन ।

यद्यपि सत्तारुढ पार्टीका एक सांसदले उनलाई लक्षित गरेर बम विष्फोट गराइएको दाबी गरेको बीबीसीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.