×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

माल्दिभ्सले तोक्यो भारतीय सैनिक फिर्ता हुनुपर्ने ‘डेडलाइन’

१ माघ,विराटनगर ।
भारत र माल्दिभ्सबीचको तनाव बढ्दै गएको छ । माल्दिभ्सका नयाँ राष्ट्रपतिमा मोहम्मद मोइज्जु निर्वाचित भएदेखि नै भारत र माल्दिभ्सबीच तनाव सुरु भएको थियो । चीनसँग नजिक मानिने मोइज्जुले भारतसँग सम्बन्ध नराख्नेगरी नीति लिन थालेपछि दुबै मुलुकबीच विवाद बढ्न थालेको हो । यसबीच मोइज्जुले भारतीय सेनालाई १५ मार्चसम्म देश छोड्न आदेश दिएका छन् ।

आइतवार राष्ट्रपतिका मुख्य सचिव अब्दुल्ला नजीम इब्राहिमले पत्रकार सम्मेलनको आयोजना गरेर सो बारेमा जानकारी गराएका थिए । माल्दिभ्समा हाल ८८ हजार भारतीय सेना तैनात छन् । राष्ट्रपति मोइज्जुले निर्वाचनको क्रममा ‘इन्डिया आउट’ को नारा दिएर अभियान नै चलाएका थिए ।

केही दिन अघि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लक्षद्वीपको तस्बिर सार्वजनिक गरेपछि माल्दिभ्स सरकारका केही मन्त्रीहरूले आपत्तिजनक टिप्पणी गरेका थिए । यसैबीच मोइज्जुको सरकारले भारतलाई मार्च १५ सम्ममा आफ्नो देशबाट सबै सैनिक फिर्ता लैजान भनेका हुन् । इब्राहिमले आइतबार मालदिभ्सबाट भारतीय सेना फिर्ता गर्ने विषयमा हालसम्म विभिन्न तहमा ११ वटा बैठक भइसकेको जानकारी पनि दिएका थिए ।

बैठकमा माल्दिभ्सका लागि भारतीय उच्चायुक्त मुनु महावर, भारतीय विदेश सचिव र देशका अन्य वरिष्ठ अधिकारी सहभागी रहेका थिए । सो बैठकमा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूको समेत सहभागिता रहेको द माल्दिभ्स जर्नलले जनाएको छ । चीन भ्रमणबाट फर्किएपछि मुइज्जु भारतप्रति झनै आक्रामक देखिएका हुन् ।

उनले सानो देश भएकै कारण आफूहरूलाई कसैले धम्क्याउने हक नराख्न कडा प्रतिक्रिया दिएका छन् । उनको यो अभिव्यक्ति भारतलक्षित हो । मुइज्जुले आफूहरू कसैको ब्याकयार्डमा रहेको देश नभएको पनि स्पष्ट पारे । ‘देश सानो हुन सक्छ । यसको मतलब यो होइन कि हामीलाई धम्क्याउने लाइसेन्स कसैले पाएको छ,’ चीनबाट फर्किएपछि मिडियासँग कुरा गर्दै उनले भनेका छन्, ‘हामी स्वतन्त्र र सम्प्रभु राष्ट्र हौं ।’

तर उनले आफ्नो पछिल्लो अभिव्यक्तिमा भने कुनै पनि देशको नाम लिएका छैनन । उनले हिन्द महासागर कुनै खास देशको नभएको पनि बताए । यो समुन्द्र आसपासका सबै देशको भएको उनको टिप्पणी थियो । यस्तो अभिव्यक्तिबाहेक, मुइज्जु चीनबाट फर्केलगत्तै भारतसँग सिधै सम्बन्ध भएका केही निर्णयसमेत गरेका छन् ।

जस्तो कि, माल्दिभ्सका बिरामीलाई उच्च स्वास्थ्य सुविधा र उपचारका लागि भारत र केही अन्य देशमा पठाइँदै आएको थियो तर चीनबाट फर्केपछि मुइज्जुले यस्ता बिरामीलाई अब यूएई र मलेसिया पठाइने घोषणा गरेका छन् ।चीनले भने माल्दिभ्सको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको मुइज्जुको दाबी छ ।

अघिल्लो सरकारका बेला एउटालाई कुर्सीबाट हटाउन र अर्कोलाई बसाउन एक खास देशको अनुमति जरुरी हुने गरेको उनको भनाइ छ । माल्दिभ्समा गत नोभेम्बरमा मुइज्जुले सत्ता सम्हाल्नु अगाडि इब्राहिम सोलिह नेतृत्वको सरकार थियो । ‘इन्डिया फर्स्ट’ को नीति अख्तियार गरेको सोलिह सरकारको भारतसँग सुमधुर सम्बन्ध थियो ।

तर पछिल्लो समय माल्दिभ्स र भारतबीचको सम्बन्ध भने दिनानुदिन तनावपूर्ण बन्दै गएको छ । मुइज्जु सरकारका तीन मन्त्रीहरू मल्सा सरिफ, मरियाम सिउना र अब्दुल्ला महजुमले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको टिप्पणीपछि दुई देशबीच ‘शीतयुद्ध’ चर्केको छ ।

उनीहरूले मोदीलाई लक्षित गरेर ‘आतंककारी’ र ‘इजरायलको कठपुतली’ लेखेका थिए । उनीहरूले भारतमा पर्यटन क्षेत्र अव्यवस्थित रहेको र माल्दिभ्ससँग तुलना गर्नै नसकिने प्रतिक्रिया जनाएका थिए । तर त्यस्ता टिप्पणी केहीबेरमै हटाइएको थियो । त्यसका साथै, तीनै जना मन्त्रीलाई निलम्बनसमेत गरिसकिएको छ ।

तर पनि भारतमा माल्दिभ्सप्रतिको रोष भने बढ्दो छ । सामाजिक सञ्जालमा चलाइएको ‘ब्वाइकट माल्दिभ्स’ ट्रेन्डिङमा राजनीतिज्ञ, खेलाडी र बलिउड सेलिब्रिटीसम्म जोडिएका छन । कतिपय सेलिब्रिटीहरूले बुक गरिएको माल्दिभ्स टुर रद्द गरेको जनाइएको छ । मन्त्रीहरूको टिप्पणीप्रति भारतले कूटनीतिक माध्यमबाट कडा आपत्ति जनाइसकेको छ ।

विकसित घटनाक्रमबीच भएको राष्ट्रपति मुइज्जुको चीन भ्रमण र उनको भनाइले भने दुई देशबीचको तनावलाई थप बढाउने देखिएको छ । राष्ट्रपति मुइज्जु भारतविरोधी र चीन निकट रहेको ठानिन्छ । यसमाथि उनको सरकारका तीन मन्त्रीको आपत्तिजनक टिप्पणीपछि नागरिक तहबाटै भारतमा माल्दिभ्सप्रति कडा प्रतिक्रिया आएको छ ।

सरकारले पनि कडा शब्दमा आफ्नो असन्तुष्टि जनाएको छ । भारत विदेश मन्त्रालयले दिल्लीस्थित माल्दिभ्सका राजदूत इब्राहिम साहिबलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोधेको छ । त्यस्तै, माल्दिभ्सस्थित भारतीय राजदूतले त्यहाँको विदेश मन्त्रालयसमक्ष विरोध जनाएका छन ।

माल्दिभ्स सरकारले तीन मन्त्रीहरूले दिएको प्रतिक्रिया सरकारको नभएको उल्लेख गरेको छ । घटनापछि माल्दिभ्सको आन्तरिक राजनीति पनि तातिएको छ । विपक्षी दलले भारतसँग सम्बन्ध बिगार्न लागेको भन्दै सत्ताधारी दललाई घेर्न थालेका छन । मोदीकै कारण मुइज्जुमाथि अविश्वास प्रस्तावसम्म ल्याउने बहस चुलिएको छ ।

विपक्षीहरुको विरोधका बावजुद सत्ता सम्हालेलगत्तै भारतसँग विगतमा भएका केही सम्झौताबाट पनि मोइज्जु पछि हटेका छन । त्यसो गर्नुमा उनलाई चुनावमा जनताले दिएको मतले बल दिएको हुनुपर्छ । त्यसैकारण पनि मोइज्जुले माल्दिभ्समा रहेका सैनिकलाई भारत फिर्ता पठाउने विषयलाई पनि प्रमुख मुद्दा बनाउँदै आएका हुन् ।

यस्तै पहिलो विदेश यात्रा भारतबाट गर्ने परम्परा पनि उनले तोडेका छन । राष्ट्रपतिका रूपमा पहिलो विदेश भ्रमणमा टर्की पुगेका उनले त्यसपछि यूएई भ्रमण गरे । त्यस्तै, उनले यसै साता चीनको यात्रा गरे । पाँचदिने यात्रामा चीनले उनलाई रेड कार्पेटमा सानदार स्वागत गरेको जनाइएको छ । भ्रमणका क्रममा चीन र माल्दिभ्सबीच २० वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

जसमा पर्यटन, लगानी, बीआरआईलगायतका क्षेत्र समावेश छन् । चीनबाट फर्किएपछिको पत्रकार सम्मेलनमा मुइज्जुले चीनले माल्दिभ्सलाई १३ करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने जानकारी दिए । उक्त रकम राजधानी मालेको सडक पुनर्निर्माणमा खर्च हुने जनाइएको छ । चिनियाँ पर्यटकलाई माल्दिभ्स पठाउने र उडानलगायतका विषयमा सम्झौता भएका छन । त्यस्तै चीनले एक सय बेडको अस्पताल निर्माणका लागि अनुदान दिने भएको छ ।

माल्दिभ्ससँग सम्बन्ध चिसिएका बेला बंगलादेशको राजनीतिक विकासले भने भारत हौसिएको देखिन्छ । जनवरी ७ मा भएको चुनावमार्फत प्रधानमन्त्री शेख हसिना पुनः प्रधानमन्त्री बनेकी छन । भारतीय सञ्चारमाध्यमले पनि माल्दिभ्समा चीननिकट सरकार भए पनि बंगलादेशमा हसिनाको जित भारतको पक्षमा रहेको व्याख्या गरेका छन ।

भारतको रोटीबेटीको सम्बन्ध रहेको नेपालसँगको सम्बन्ध समेत जनस्तरमा भूमि अतिक्रमणका कारण सुमधुर बन्न सकेको छैन् । भारतीय पक्षबाट सीमा क्षेत्रमा नेपालीहरुले हेपाहा प्रबृत्तिको समाना गरिरहनु परेको छ । भारतको माल्दिभ्ससँगको विग्रदो सम्बन्धसहित छिमेकीसँगको माल्दिभ्सको सम्बन्धबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top