विराटनगर, जेठ १
सरकारले हालै संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध मोरङका पत्रकार आन्दोलित भएका छन् । प्रेस स्वतन्त्रतालाई साँघुरो बनाउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै सरकारको कदमका विरुद्ध देशभरका पत्रकारले सुरु गरेको आन्दोलनमा मोरङका पत्रकारले पनि ऐक्यवद्धता जनाउँदै आन्दोलीत बनेका हुन् ।
विधेयकको प्रावधानमा विरोध जनाउँदै नेपाल पत्रकार महासंघले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकारको कदमको विरोधस्वरुप आन्दोलन अन्तर्गत बुधबार हातमा कालो पट्टी बाँधेर मोरङका पत्रकारहरुले काम गरेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले विधेयक प्रेस स्वतन्त्रतालाई खुम्च्याउने खालको र पत्रकारमैत्री नभएको भन्दै विरोधमा आन्दोलन थालिएको बताए ।