×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मिस्टर बिस्ट रोनाल्डोका अतिथि,इन्टरनेट तोड्ने कुराकानी ?

७ मंसिर २०८१
७ मंसिर , एजेन्सी ।
युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएका व्यक्ति मिस्टर बिस्ट र सबैभन्दा छिटो सब्स्क्राइबर बढाएर कीर्तिमाननै बनाएका  चर्चित  फुटबलर क्रिस्टियानो रोनाल्डोले मिस्टर बिस्टलाई आफ्नो कार्यक्रममा अतिथि बनाएका छन् । सो क्रममा बिस्टले  रोनाल्डोलाई भिडिओमा कसरी भ्युज बढाउने ट्रिक सिकाएका छन् ।
इन्टरनेट तोड्ने दाबीका साथ कार्यक्रममा बोलाइएका रोनाल्डोका अतिथि बिस्टले भ्युज बढाउने टिप्स दिएका हुन् ।  यसअघि रोनाल्डोले आफू शोमा इन्टरनेट नै तोड्ने अतिथि  ल्याउन लागेको दाबी गरेका थिए । ती अतिथि को होलान् भन्ने धेरैको चासो थियो ।
प्रायःले रोनाल्डोका अतिथि लिओनल मेसी हुने अपेक्षा गरेका थिए ।  तर, रोनाल्डोले  युट्युबका आफ्ना नयाँ प्रतिद्वन्द्वी मिस्टर बिस्टलाई ल्याएका छन् ।  खासगरी मिस्टर बिस्टले आफू कस्ता भिडिओ किन र कसरी बनाउँछन् भन्ने विषयको जानकारी दिएका छन् ।
युट्युबमा कहिलेसम्म भिडिओ बनाउँछन् अनि रोनाल्डोलाई प्रतिद्वन्द्वीका रूपमा हेर्छन् वा हेर्दैनन् भन्ने विषयमा पनि सोधेका छन् ।  त्यसबाहेक मिस्टर बिस्टले रोनाल्डोलाई फुटबल सम्बन्धी विभिन्न कन्टेन्ट ल्याउन पनि सुझाव दिएका छन् ।
“हामी जुन कारणले तपाईंलाई हेर्न चाहिरहेका छौं, तपाईंले त्यस्तै कन्टेन्ट ल्याउनु पर्छ,” मिस्टर बिस्टले भनेका छन्, “समकालीन फुटबलरलाई ल्याएर कुनै शो बनाउन सक्नुहुन्छ । जसरी मैले स्क्वाड गेम बनाएको थिएँ, त्यस्तै कुनै गेम खेलाउन सक्नुहुन्छ ।”
कस्ता भिडिओ मान्छे हेर्न चाहन्छन् भन्ने विषयमा पनि रोनाल्डो र मिस्टर बिस्टले चर्चा गरेका छन् । भिडिओको अन्तिममा रोनाल्डोले आफ्नो सबैभन्दा कडा प्रतिद्वन्द्वी क्लब अल हिलाल रहेको बताएका छन् । साउदीमा रेकर्ड गरिएको सो भिडिओमा रोनाल्डोले बिस्टलाई उनले चाहेकै समयमा स्वागत गर्ने बताएका छन् ।
रोनाल्डोले आफूले युट्युब सुरु गरेको देख्दा तपाईंलाई कस्तो महसुस भयो ? भनेर सोधेका छन् जसको जवाफमा बिस्टले  तपाईं युट्युब च्यानल खोल्नुहुन्छ भन्ने आफूलाई पहिले नै लागेको  र   एक महिनामा दुई करोड वा तीन करोड सब्स्क्राइबर पु¥याउनु हुन्छ कि भन्ने ठानेकोमा छ करोड पु¥याएर  रेकर्ड बनेको बताएका थिए ।
रोनाल्डोले बनाएको  ६ करोड सब्स्क्राइबर पुरा गर्न  आफूलाई १३ वर्ष लागेको बिस्टले बताएका छन् । रोनाल्डोकोे  म तपाईंलाई पछि पार्न सक्छु ? भन्ने प्रश्नमा बिस्टले रोनाल्डोले अरु फुटबलर ल्याएर आफैले खेलेका उत्कृष्ट गेम रियाक्ट गर्न थाले आफूलाई पछि पार्न सक्ने बताएका छन् ।
यस्तै  बिस्टले ठूलो खेलपछि माइक अगाडि बसेर पाँच मिनेटको छोटो कुरा ,कुनै गेमपछि  अनुभव कस्तो हुन्छ, गोल गर्दा  कस्तो महसुस हुन्छ भन्ने जानकारी दिन सुझाएका छन् । साथै उनले रोनाल्डोका उत्कृष्ट १० गोलको भिडिओ रियाक्ट, चर्चित बाइसाइकल किकका विषयमा जान्न  आफूसमेत इच्छुक रहेको  बताएका छन् ।
यस्तै रोनाल्डाले  एक अर्ब फलोअर पूरा गर्दा  आफू अचम्मित नभएको बताएका छन् ।  उनले मानिसहरूले म र फुटबलप्रति कस्तो रुची राख्छन् भन्ने  राम्रोसँग थाहा भएको बताएका छन्  । यस्तै बिस्टले भिडिओमा राख्ने थम्बनेलका बारेमा पनि  रोनाल्डोलाई सुझाव दिएका छन् ।
 उनले  थम्बनेलमा अनुहार राख्न, थम्बनेलका लागि फोटो लिँदा मुख बन्द गर्न र फोटो थम्बनेलमा प्रयोग गर्दा  अनुहारमा एक्सप्रेसन देखिनुपर्ने सुझाव दिएका छन् ।  रोनाल्डोको प्रश्नमा बिस्टले आफ्ना धेरै समर्थक दक्षिण अमेरिकामा रहेको भन्दै चिली गएको समयमा  समर्थकहरूले पूरै होटेल घेरेपछि होटेल नै छोड्नुपरेको घटना सुनाएका छन् ।
रोनाल्डोले बिस्टलाई युट्युबबाट कहिले सन्यास लिने  भन्ने पनि प्रश्न गरेका छन् । जसको जवाफमा बिस्टले आफूले कहिल्यै पनि सन्यास नलिने बताएका छन् । उनले आफू ९० वर्ष हुँदा पनि भिडिओ बनाइरहेको हुने र आफूलाई १०० वर्षभन्दा बढी बाँच्ने चाहाना रहेको बताएका छन् ।
अहिले रोनाल्डोका ६८ बिलियन   सब्स्क्राइबर छन् भने मिस्टर बिस्टका ३३१ मिलियन रहेका छन् । जबकि बिस्टले  ८३१ भिडियो पोस्ट गरेका छन् भने रोनाल्डोले मात्रै ७१ भिडियो पोस्ट गरेका छन् । इन्टरनेट तोड्ने शीर्षकको रोनाल्डो र बिस्टको कुराकानीको यो भिडियो भने  १८ घण्टामा  १६ मिलियन भन्दा बढी पटक हेरिसकिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top