×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको गरिमा,गरिमालाई कसरी भोट गर्ने ?

२४ आश्विन २०८०

२४ असोज, काठमाण्डौ ।
मिस ग्राण्ड नेपाल–२०२३ की विजेता गरिमा घिमिरे अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन भियतनाम पुगेकी छन् । उनले पहिलो चरणमा मिस ग्राण्ड इन्टरनेशनल प्रतिस्पर्धाको शीर्ष २० भित्र रहनका लागि सामाजिक संजालबाट भोट गर्नुपर्ने भएकाले सबैलाई भोटका लागि अपिल गरेकी छन् । उपाधि जित्ने लक्ष्य सहित भियतनाम पुगेकी विराटनगरकी घिमिरे मिस ग्राण्ड नेपालको प्यारेन्ट प्रतिस्पर्धामा छिन् ।

उनले सामाजिक संजालमार्फत आफ्नो अहिलेसम्मको यात्रालाई थप उचाईमा पुर्याउन अधिक लाइक, शेयर र कमेन्ट गरिदिन आग्रह गरेकी छन् । यसका लागि फेसबुक, र इन्स्टाग्राममा गएर मिस ग्रान्ड इन्टरशेनलमा गरिमा घिमिरेका तस्वीरमा कमेन्ट, लाइक र शेयर गर्नुपर्नेछ । फेसबुकमा एक लाइक बराबर उनले ५ पोइन्ट पाउने छिन् भने एक शेयर गरे बराबर १० पोइन्ट पाउने छिन् ।

यस्तै इन्स्टाग्राममा एट्द रेट मिस ग्रान्ड इन्टरनेशनलमा गएर भोट गर्नुपर्नेछ । गरिमालाई इन्स्टाग्रामबाट तस्विरमा एक लाइक बराबर १० पोइन्ट मिल्नेछ । भोट गर्नुअघि मिस ग्राण्ड इन्टरनेशनलको पेजलाई भने अनिवार्य लाइक गर्नुपर्नेछ । भोट गर्ने अन्तिम मिति बुधबार रातिको ११ बजेसम्म मात्रै रहेको छ ।

२१ वर्षीया गरिमा मिस युनिभर्स नेपाल–२०२३ को उपविजेता घोषित भएकी थिइन् । फस्ट–रनरअप बनेपछि उनले मिस ग्राण्ड इन्टरनेसनलमा मुलुकको प्रतिनिधित्व गर्ने मौका पाएकी हुन् । आगामी अक्टोबर २५ मा भियतनामको होचीमिन्ह सहरस्थित फुथो रंगशालामा प्रतिस्पर्धाको ११ औं संस्करण आयोजना हुँदैछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top