Nepal Times
Nepal Times
3
Shares

मिस नेपाल बनिन राष्ट्रिय बाणिज्य बैंकको एम्बासडर

मिस नेपाल बनिन राष्ट्रिय बाणिज्य बैंकको एम्बासडर

३ भदौ, काठमाडौं ।
मिस नेपाल अनुष्का श्रेष्ठलाई राष्ट्रिय बाणिज्य बैंकले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सोमबार राष्ट्रिय बाणिज्य बैंकले आफ्नो केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच मिस नेपाल २०१९ बिजेता अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बासडरको रुपमा नियुक्त हो । बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनमा मिस नेपाल अनुष्का श्रेष्ठको सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने बताएको छ ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौता अनुसार श्रेष्ठलाई एम्बासरडर नियुक्त गरिएको हो । राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ब्यबसायी र बैंकका ग्राहक तथा सर्वसाधारण मा भएको बिगतको छविलाई यो सम्झौताले सकारत्मक प्रभाव पार्ने बताए । कार्यक्रममा मिस नेपाल श्रेष्ठले सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंक र यसले बनाएको कार्यक्रमले आफुलाई उत्साही बनाएको प्रतिक्रिया दिइन । आफ्नो सहभागिताले जनमानसमा आर्थिक साक्षरता बित्तिय साक्षरता वृद्धि गर्न सहयोग पुग्ने विश्वाश लिएको उनले बताइन । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.