×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मुकुललाई साधारण सदस्यबाट पनि हटाइयो, अब के गर्लान् ?

११ भाद्र २०८१

११ भदौ, विराटनगर । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित भएका छन् ।  पटक-पटक सोधिएको स्पष्टीकरणको जबाफ चित्तबुझ्दो नआएपछि रास्वपाले उनलाई साधारण सदस्यबाट समेत हटाउने गरेको हो ।

केन्द्रीय कार्यालय च:मतिमा  मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठक ढकाललाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको हो । पार्टीविरुद्ध निरन्तर रूपमा खनिएका डा. ढकाललाई रास्वपाले ३५ दिनको समय दिएर पटक-पटक स्पष्टीकरण सोधेको थियो ।

तर, पार्टी सभापति रवि लामिछानेलाई विविध आरोप लगाउँदै आएका ढकालले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि पार्टीभित्र उनलाई निष्काशित गर्नुपर्ने माग उठेको थियो । सोहीअनुरूप ढकाल कारबाहीमा परेका हुन् ।

यसअघि पार्टी अनुशासन र आचरणविपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो ।

जिल्ला-जिल्ला घुमेर नेता, कार्यकर्ताका सुझावमा आधारित रही ढकालले पार्टीमा प्रतिवेदन पेस गरेका थिए । त्यसपछि ढकालमाथि रास्वपाले स्पष्टीकरण र कारबाही प्रक्रिया सुरु गरेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top