Nepal Times
Nepal Times
3
Shares

मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतको प्रस्तावमा आज मतदान

मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतको प्रस्तावमा आज मतदान

७ कार्तिक, काठमाडौं ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि राखेको प्रस्तावमा आज मतदान हुँदैछ ।

आज बस्ने प्रदेशसभा बैठकमा आचार्यले गत शुक्रबार विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान गर्ने कार्यसूची रहेको प्रदेश–१ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्राबधानका कारण आचार्य विश्वासको मत लिन बाध्य छन् । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्यले दसैँअघि नै असोज १० मा विश्वासको मत लिनुपर्ने प्रतिपक्षीहरूले दबाब दिँदै आएका थिए । भदौ ९ मा नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको थियो ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ मत आवश्यक छ । तर पार्टी फुटेपछि प्रदेश–१ मा एमालेका ४१ सांसद छन् । त्यसमध्ये एक जना सभामुख हुन् भने र एक जना फरार छन् ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद् छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.