Nepal Times
Nepal Times
3
Shares

मुख्यमन्त्री कार्यालय अगाडि अस्थायी शिक्षकको प्रदर्शन, प्रहरीद्वारा लाठी चार्ज

मुख्यमन्त्री कार्यालय अगाडि अस्थायी शिक्षकको प्रदर्शन, प्रहरीद्वारा लाठी चार्ज

३० असोज, विराटनगर ।
अस्थायी/करार शिक्षक आन्दोलन समिति प्रदेश नम्बर १ ले पुनः मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको छ । गत साउन १४ देखि आन्दोलन सुरु गरेको समितीले आफुहरुको माग पुरा नभएको भन्दै बिहीबार मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन गरेको हो ।

प्रदर्शनका क्रममा आन्दोलनकारीले सडकमा बसेर सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले लाठ्ठी चार्ज गरेको थियो । लाठ्ठी चार्जबाट आन्दोलन समितिकी उपाध्यक्ष टिका रिजाल घाईते भएकी छिन् । लाठ्ठी चार्जपश्चात आक्रोशित उनीहरुले राज्य आतंक बन्द गर, रोजगारी खोस्न पाइँदैन, शिक्षा मन्त्री मुर्दावाद भन्दै नारा लगाएका थिए ।

सरकारले आफुहरुलाई रोजगारीको ग्यारेन्टी गर्नूपर्ने उनीहरुको माग छ । जीवनको महत्वपूर्ण समय मुलुकको शिक्षा क्षेत्रमा बिताएको र बुढेसकालमा सरकारले आफूहरूको रोजगारी खोसेको अस्थाई शिक्षक प्रदेश १ आन्दोलन समितिका संयोजक कपिलश्वर मण्डलले बताए ।

मुख्यमन्त्री कार्यालय पटक पटक आफ्नो समस्या लिएर पुगे पनि अहिले सम्म केही सुनेको नसुनै गरेको उनीहरुको गुनासो छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.