Nepal Times
Nepal Times
3
Shares

मुख्यमन्त्री पोखरेलकै निर्देशनमा सांसद विमलालाई अपहरण गरियाे : विपक्षी गठबन्धन

मुख्यमन्त्री पोखरेलकै निर्देशनमा सांसद विमलालाई अपहरण गरियाे : विपक्षी गठबन्धन

२१ साउन, बुटवल ।
लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले माओवादी केन्द्रकी सांसद विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलकै निर्देशनमा अपहरण गरिएको आरोप लगाएको छ ।

विपक्षी गठबन्धनले विज्ञप्ति जारी गरी घटनामा प्रत्यक्ष संलग्न अपराधीलाई तत्काल कानुनको कठघरामा उपस्थित गराउन माग पनि गरेको छ ।

कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खान, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर, जसपाका उपनेता सुमन शर्मा रायमी र राष्ट्रिय जनमोर्चाका तारा जिसीद्धारा जारी विज्ञप्तिमा सरकारकै नेतृत्वले अपहरण जस्ता अपराधिक घटनामा संलग्न हुनुले लोकतन्त्र नै धरापमा पर्ने खतरा रहेको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अविशिवासको प्रस्तावको सामना नगर्ने, बजेट पेश नै नगर्ने, संसद बहिस्कार गर्ने अन्य पार्टी तोडफोड गर्ने जस्ता घटना त गरि नै रहेका छन्, अब पछिल्लो चरणमा केन्द्रीय संसदमा जस्तै यहाँपनि मुख्यमन्त्री स्वयम् सांसद अपहरण, धम्की र किनबेचको आपराधिक तरिका अपनाउँदै सांसदलाई शरीर बन्धक अपहरणमा संलगन्न हुँदै गैरहरेको त होइन भनि गम्भीर आशंक जन्माएको छ ।’

बिहीबार प्रदेशसभा सदस्य विमलाले बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास र्पुयाएर ‘बन्धक’ बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको बताएकी थिइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.