Nepal Times
Nepal Times
3
Shares

मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा धराने युवा

मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा धराने युवा

२५ कात्तिक,विराटनगर ।
प्रदेश सरकार गठनको लामो समयपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रमुख स्वकीय सचिव नियुक्त गरेका छन् । धरान १६ निवासी पूर्व विद्यार्थी नेता नवराज राई १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा नियुक्त भएका हुन् ।

उनलाई मुख्यमन्त्री राईले कार्तिक २१ गतेदेखि लागू हुने गरी स्वकीय सचिवमा नियुक्त गरेका हुन् । यसअघि राई प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चालनमा आएको म अघि बढ्छु कार्यक्रमको संयोजक थिए ।

उनले १ नं प्रदेशका १४ वटै जिल्लामा यो कार्यक्रम पुर्याउन र सगरमाथा टिन्स क्लब गठन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । उनी तत्कालीन एमालेसम्बद्ध अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य हुन् भने एक कार्यकाल एमालेको धरान नगर कमिटि सदस्य पनि भएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.