×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मुहार फेर्दै काठमाडौँ उपत्यकाका सडक

५ चैत्र २०७६

५ चैत, काठमाडौँ । 

गत वर्षमा चिल्ला सडक खोज्नुपर्ने अवस्था रहेको काठमाडौँ उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् । उपत्यकामा विस्तारका क्रममा रहेका सडकबाहेक अन्यत्र खाल्डाखुल्डी कम मात्रै देखिन थालेको छ । गतसाता सोह्रखुट्टे–बालाजु सडकखण्डमा कालोपत्र थप्ने काम (ओभरले) भएको थियो । गत साता नै ललितपुरको पुल्चोकलगायत स्थानमा आवधिक मर्मतको काम भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनानुसार उपत्यकाका तीनै जिल्लामा खाल्डा पुर्ने र ‘ओभर ले’ को काम अघि बढेको हो ।

मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपत्यकाका सडक खाल्डा पुर्ने कामलाई विशेष ध्यान दिनुभएको देखिन्छ । गत वर्ष जेठको अन्तिम वा असार महिनामा हतारमा सडकमा काम हुने देख्दै आएका उपत्यकावासी पनि अहिले दोस्रो चौमासिकमा भएको काम देखेर अचम्ममा पर्न थालेका छन् ।

काठमाडौँ जिल्लामा अहिलेसम्म झण्डै २० किलोमिटर सडकमा कालोपत्र थप्ने काम सकिएको छ । आवधिक मर्मतअन्तर्गत उपत्यकाका मुख्य र भित्री भागका सडकमा गरी कालोपत्र भइरहेको छ । यस वर्ष ४१ किमी सडकमा कालोपत्र थप्ने योजनानुसार झण्डै ५० प्रतिशत काम सम्पन्न भएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।

कुनै पनि सडकको आयु सीमित वर्ष मात्रै हुने भएकाले सडकमा यस किसिमको मर्मत गर्नुपर्ने डिभिजन प्रमुख कुबेर नेपालीले बताए । आमनागरिकले खाल्डा नभएको सडकमा मर्मत गरेको भनेर गलतरूपमा बुझ्ने गरेको उनले बताए । उनले भने, ‘सडकमा खाल्डा पुर्नुभन्दा पहिले नै सम्भावित स्थानमा कालोपत्र एक दिनपहिले हुँदा पनि धेरै रकम बचाउन सकिन्छ ।’

डिभिजनले उपत्यकाका मुख्य र सहायक सडकमा गरी आवधिक मर्मत गरिरहेको छ । ‘ओभर ले’ र खाल्डा पुर्ने काम यही महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको प्रमुख नेपालीले बताए । उपत्यकाका तीनै जिल्लामा एकैपटकमा मर्मतको काम भइरहेकाले आवश्यक सामग्री पनि पर्याप्त नहुने उनले बताए ।

काठमाडौँ जिल्लामा मुख्य र कतिपय सहायक सडकमा पनि सवारीसाधनको चापका कारण काम गर्ने अवस्था छैन । रातमा काम गर्दा बढी लगानी लाग्ने भए पनि यही समयमा काम गर्नुपर्ने बाध्यता छ । उनले भने, ‘कतिपय स्थानमा रातमा समेत सवारीसाधनको चाप हुँदा एकातर्फ काम गर्ने र एकातर्फ सवारीसाधन चल्न दिइने गरिएको छ ।’

काठमाडौँ उपत्यकाका खाल्डाखुल्डीमा यस वर्ष प्रधानमन्त्रीदेखि विषयगत मन्त्रालयले समेत चासो देखाएको पाइन्छ । प्रधानमन्त्रीका विकास समन्वय सल्लाहकार गजेन्द्र थपलियाले दैनिक काम भइरहेका सडक पुगेर अनुगमन गर्दै आएका छन् । मन्त्री नेम्वाङ, सचिव देवेन्द्र कार्की र सडक विभागका महानिर्देशक केशवकुमार शर्मा विभिन्न सडकमा पुगेर अनुगमन गर्दै आएका छन् ।

सडक मर्मत र खाल्डा पुर्ने काम डिभिजनको नियमित काम भए पनि माथिल्लो तहबाट चासो देखाइँदा काममा अझै सहजता हुने प्रमुख नेपालीले बताए । उनले भने, ‘निर्माणका क्रममा कुनै पनि समस्या आउँदा तत्काल समाधान गर्न सकिन्छ र त्यो तहबाट चासो हुँदा स्रोतको कमी हुँदैन ।’

सडक बोर्ड नेपालले देशभरका सडक मर्मतका लागि बजेट सुनिश्चित गर्दै आएको छ । गत वर्षभन्दा यस वर्ष बोर्डले उपत्यकाको सडक मर्मतका लागि बढी रकम विनियोजन गरेको छ । यस वर्ष काठमाडौँको सडक मर्मतका लागि बोर्डले रु एक अर्ब ५० करोड विनियोजन गरेको छ । डिभिजनको मुख्य जिम्मेवारी सडकको मर्मत भए पनि सडक विभागले नयाँ निर्माणमा समेत काम गर्दै आएको छ ।

चालू आवमा काठमाडौँ डिभिजनले झण्डै ५० किमी नयाँ सडक निर्माण गरिरहेको छ । थोरै लम्बाइका सडकका लागि आयोजना कार्यालय स्थापना गर्नुभन्दा डिभिजनमार्फत नै काम भइरहेको छ । निर्माण व्यवसायी पनि सडक मर्मतभन्दा निर्माणमा आकर्षित हुने प्रमुख नेपालीले बताए । मर्मतको कामलाई धेरैले झन्झटिलो कामका रूपमा लिने गरेका छन् । कतिपय स्थानमा डिभिजन आफैँले भएका जनशक्ति र उपकरणको प्रयोग गरेर मर्मत गरिरहेको छ भने कतिपय स्थानमा निर्माण व्यवसायीमार्फत काम भइरहेको छ ।

त्यस्तै, सार्वजनिक खरिद ऐनले पनि ठाउँठाउँमा खाल्डा पुर्ने काम गराउन कठिन भएको उनले बताए । उनले भने, ‘रु दुई करोडभन्दा कमको काममा योग्यता नचाहिने हुँदा जोकोहीले पनि ठेक्का पाउने सम्भावना छ ।’

मन्त्री नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको अवसरमा तीन महिनामा उपत्यकाको नौ हजार ५०० खाल्डाखुल्डी पुरेको बताएका थिए । हिउँदमा कालोपत्र गरिने समय नभए पनि उक्त अवधिमा उपत्यकाको मुख्य क्षेत्रका २७ किलोमिटर सडक कालोपत्र भइसकेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेको छ । उपत्यकाको कोरिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको काम पनि अघि बढिरहेको छ ।

– सञ्चिता घिमिरे/रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top