Nepal Times
Nepal Times
3
Shares

मेडिकल कलेजले विद्यार्थी भर्ना नलिने

मेडिकल कलेजले विद्यार्थी भर्ना नलिने

३ कात्तिक, काठमाडौँ ।
निजी मेडिकल कलेज सञ्चालकहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कमा विद्यार्थी भर्ना गर्न नसक्ने जनाएका छन् ।

राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा आयोगले एमबीबीएस र बीडीएसको शुल्क तोकेपछि सञ्चालकहरूले विद्यार्थी भर्ना नलिने चेतावनी दिएका हुन् । सञ्चालकहरूको पटक–पटकको यस्तो धम्कीबाट प्रवेश परीक्षा सकेर कलेज छनोट र भर्नाको प्रक्रियामा रहेका विद्यार्थी अन्योलमा परेका छन् ।

यसअघि बितेका शैक्षिक सत्रमा कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गराउन पहल थाल्दा सञ्चालकहरूले विद्यार्थी भर्ना रोक्ने बताएका थिए ।

शुल्क र सिट संख्या बढाउन लबिइङ गर्दै आएका कलेज सञ्चालकहरूले बिहीबार आयोगले तोकेको शुल्कमा असन्तुष्टि जनाएका हुन् । आयोगले गत वर्ष लिएको शुल्कमा ४ दशमलव ५ प्रतिशत मुद्रास्फीतिअनुसार आगामी शैक्षिक सत्रको शुल्क तोकेको छ ।

एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका महासचिव सुनील शर्माले तोकिएको रकममा पठनपाठन गर्न नसकिने बताए । आयोगले एकपक्षीय र अव्यावहारिक ढंगबाट शुल्क कायम गरेको एसोसिएसनको दाबी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.