Nepal Times
Nepal Times
3
Shares

मेडिकल सञ्चालकलाई पक्राउ गर्न माग गर्दे अनेरास्ववियूको प्रर्दशन

मेडिकल सञ्चालकलाई पक्राउ गर्न माग गर्दे अनेरास्ववियूको प्रर्दशन

८ मंसिर, वीरगञ्ज । नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउगर्न मागगर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको छ ।

मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको मागगर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि अन्सारीकै संलग्नतामा कुटपिट भएको भन्दै अनेरास्ववियूले उनलाई पक्राउको माग गरेको हो ।

गत शुक्रबार प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजको होस्टलको गेटमा कुटपिट भएको थियो । उक्त घटनाको विरोधमा आइतबार अनेरास्ववियूले वीरगञ्जमा प्रदर्शन गरेको हो ।

अनेरास्ववियूको केन्द्रीय नेतासमेत सहभागी विरोध र्याली घण्टाघरबाट सुरु भई बजार परिक्रमागर्दै भेडियारीस्थित नेशनल मेडिकल कलेज घेराउगर्न पुगेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.