×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

‘मेरो लडाइँ असल न्यायाधीशविरुद्ध होइन’

२५ पुष २०७४

अदालतको अवहेलना अभियोगमा सिंहदरबार प्रहरी वृत्तमा थुनिएका डा. केसीसँग अन्नपुर्ण पोष्टका लागि बसन्त बस्नेतले गरेको कुराकानीको अंश :

सर्वोच्चको आदेशलाई कसरी लिनुभएको छ ?

म सर्वोच्च अदालतलाई न्याय दिलाउने संस्थाका रूपमा एकदमै सम्मान गर्छु। संस्थामा सही न्यायसम्पादन गर्ने न्यायाधीशहरूप्रति मेरो मनमा सम्मान भाव छ। तर, मान नै नभएका कतिपय छन्, तिनको केको मानहानि ?

न्यायपालिकाको सर्वोच्चतामाथि प्रश्न उठाउन पाइन्छ ?

सबै न्यायाधीश खराब छैनन्। मैले गरेको लडाइँ असल न्यायसम्पादन गर्ने न्यायाधीशविरुद्ध हुँदै होइन। यसमा मेरो कुरा प्रस्ट छ। तर, न्यायालयमा बसेर थुपै्र गलत काम भएका उदाहरण छन्। मैले यसबारे वर्षौंदेखिका गल्तीहरूका तथ्य प्रमाण जुटाएको छु। एक नागरिकका रूपमा यसबारे बोल्नु मेरो कर्तव्य हो।

अहिले अनशनचाहिँ किन बस्नुपर्‍यो ?

हामी चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रमा सुधारका लागि वर्षौंदेखि लडिरहेका छौं। संविधानले जनतालाई दिएको मौलिक हकका लागि हाम्रो लडाइँ हो। अहिले न्यायालयको काम जनतालाई न्याय दिने किसिमको देखिएन। त्यसैले समस्याको जरोसँगै लड्नुपरेको हो।

अब अगाडि के गर्नुहुन्छ ?

म मेरो प्रतिबद्धताबाट विचलित छैन। न्यायालयभित्रका विकृति विसंगति पनि छानबिनको विषय बन्नुपर्छ। टिचिङ अस्पताल सुधारसम्बन्धी हामीले उठाउँदै आएका मागहरू सम्बोधन हुनुपर्छ।

गिरफ्तारीको अवस्थामा अब तपार्इंको अनशन के हुन्छ ?

मलाई हदै गरे जेल हालिएला। केही छैन, म जेलभित्रै अनशन बस्छु। किनभने म त चिकित्सा शिक्षा क्षेत्रका विकृतिमाथि यसअघि नै आमरण अनशन बसिसकेको व्यक्ति। मलाई भोलि के होला भनेर चिन्ता छैन।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top