Nepal Times
Nepal Times
3
Shares

मेस्सीलाई पछि पार्दै लेवान्डोस्कीले जिते अवार्ड

मेस्सीलाई पछि पार्दै लेवान्डोस्कीले जिते अवार्ड

४ माघ, एजेन्सी ।
पोल्यान्डको बायर्न म्युनिक खेलाडी रोबर्ट लेवनडोस्की सोमबार सन् २०२१ को फिफा पुरुष वर्ष खेलाडी घोषित भएका छन् ।

लेवनडोस्कीले यो अवार्ड जितेको यो लगातार दोस्रो वर्ष हो । सन् २०२१ मा ३३ वर्षीय फरवार्डले ६९ गोल गरेका थिए । यसपल्ट अवार्ड जित्ने क्रममा लिभरपुलका मोहमद सलाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेसीलाई उछिने ।

म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोलाई भने विशेष अवार्ड प्रदान गरिएको छ । रोनाल्डोलाई  पुरुषतर्फ अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताका लागि विशेषत अवार्ड प्रदान गरिएको हो ।

महिलातर्फ बार्सिलोनाकी एलक्सिया पुटेलास वर्षको उत्कृष्ट खेलाडी घाषित भइन् । चेल्सीका थोमस टुचेल वर्षका उत्कृष्ट प्रशिक्षक बने । उनको नेतृत्वमा चेल्सीले दोस्रोपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.