×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

२० मंसिर २०८२

१९ मंसिर, काठमाण्डौ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार साँझ दुईदिने भारत भ्रमणका लागि दिल्ली आइपुगेका छन्। उनीसँगै सात जना मन्त्रीको ठूलो प्रतिनिधिमण्डल पनि भारत आइपुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मोदी र पुटिनबीच आज दुई महत्त्वपूर्ण भेटघाट हुने कार्यक्रम छ।

दुई नेताबीचको द्विपक्षीय भेटघाटका क्रममा भारत र रुसबीच २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुनेछ। पुटिनलाई आज स्थानीय समयअनुसार बिहान राष्ट्रपति भवनमा राजकीय स्वागत गरिनेछ।

त्यसपछि उनी महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न राजघाट जानेछन्। २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलन बिहान ११ बजे हैदराबाद हाउसमा आयोजना हुनेछ। मोदी र पुटिनले शुक्रबार साँझ एक व्यापारिक मञ्चलाई पनि सम्बोधन गर्नेछन्।

त्यसै साँझ राष्ट्रपति द्रौपदी मुर्मुले पुटिनको सम्मानमा राजकीय रात्रिभोज आयोजना गर्नेछिन्। बिहीबार साँझ प्रधानमन्त्री मोदीले व्यक्तिगत रूपमा विमानस्थलमा पुटिनलाई स्वागत गरे। रातो कार्पेटमा दुई नेताले एकअर्कालाई अँगालो हाले ।

मोदी र पुटिन विमानस्थलबाट प्रधानमन्त्री निवाससम्म एउटै कारमा यात्रा गरेका थिए । जसको तस्विर समेत मोदीले सार्वजनिक गरेका छन् । पुटिन दुई दिने भारत भ्रमणमा आएसँगै विश्वले विशेष चासोका साथ यो भ्रमणलाई हेरेको छ ।

अमेरिकाले ट्यारिफ लगाएर भारतमाथि रुसी इन्धन खरिद नगर्न दबाब बढाइरहेको अवस्थामा मोदीले पुटिनलाई स्वागत गरेका छन् । रुस र भारतबीच आपसी थप समझदारीसहित रक्षा सम्बन्धलाई गहिरो बनाउने उद्देश्य रहेको बताइएको छ ।

नयाँदिल्लीले मस्कोबाट तेल खरिद गर्न रोक्नका लागि अमेरिकाको कडा दबाबको सामना गरिरहेको छ । युक्रेन युद्धपछि भारतको पहिलो भ्रमणमा रहेका पुटिनसँगै उनका रक्षामन्त्री एन्ड्रे बेल्उसोभ पनि रहेका छन् र लडाकु विमान तथा हवाई रक्षा प्रणालीसम्बन्धी सम्भावित सम्झौताहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।

इन्डिया टुडेसँगको एक संक्षिप्त अन्तर्वार्तामा पुटिनले भने, ‘म ‘मेरो मित्र’ मोदीलाई भेट्न पाउँदा ‘धेरै खुसी’ छु ।’ ‘भारतसँग हाम्रो सहयोगको दायरा विशाल छ,’ उहाँले रुसी भाषामा भनेका थिए। सहयोगको दायरामा जहाज र विमान निर्माण, आणविक ऊर्जा र अन्तरिक्ष अन्वेषणलगायतका क्षेत्रलाई समेटिएको इन्डिया टुडेले भारतीय तथा रुसी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ।

भारतीय प्रधानमन्त्रीले पनि आफ्ना मित्र तथा रुसी राष्ट्रपति पुटिनलाई भारतमा स्वागत गर्न पाउँदा आफू ‘अत्यन्तै खुसी’ भएको बताएका छन् । ‘ साँझ र आज हुने हाम्रो कुराकानीको प्रतीक्षामा छु,’ मोदीले एक्समा एक पोस्टमा लेखेका छन् ।

उनले हिजो साँझ पुटिनलाई निजी रात्रिभोजमा स्वागत गरेका थिए भने आज दुई नेताबीच दुवै देशका प्रतिनिधिसहित शिखर बैठक हुनेछ । ‘भारत–रुसको मित्रता समयको परीक्षामा खरो उत्रिएको मित्रता हो जसले हाम्रा जनतालाई धेरै फाइदा पु¥याएको छ,’ मोदीले कारभित्र खिचिएको उनीहरूको तस्वीर पोस्ट गर्दै एक्समा लेखेका छन् ।

भारतले रणनीतिक रुसी तेल आयातमा निर्भर रहँदै जारी भन्सार शुल्क वार्ताको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तेजित नगर्ने प्रयास गरिरहेको बेला व्यापारिक सम्बन्ध प्रमुख रूपमा अगाडि आउने अपेक्षा गरिएको छ । पुटिनको भ्रमणको पूर्वसन्ध्यामा मात्रै अमेरिकाले भारतसमक्ष नयाँ रक्षा सम्झौताको प्रस्ताव गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top