×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मोदीले नितिशका लागि ओछ्याए रेड कार्पेट

१४ माघ २०८०

१४ माघ, एजेन्सी ।

छिमेकी राष्ट्र भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले आइतवार राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२४ मा हुने निर्वाचन नजिकिँदै गर्दा भारतमा राजनीतिक उथलपुथल हुने संकेत देखिएका छन् ।

यसै परिपेक्षमा जनता दल (युनाइटेड)का तर्फबाट मुख्यमन्त्री बनेका कुमार र लालु यादव नेतृत्वको पार्टी राष्ट्रिय जनता दलबीच मनमुटाव शुरू भएको थियो । यो बीचमा मुख्यमन्त्री कुमारको राजीनामा आएको हो । कुमार मुख्यमन्त्रीबाट राजीनामा दिएलगतै भारतीय जनता पार्टी (भाजपा)ले नितीशलाई समर्थन गर्ने आश्वासन दिएको बताइएको छ ।

नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बिहारको राजनीतिमा हलचल मच्चिएको छ । बिहारको अवस्था अहिले राजनीतिक भूकम्पभन्दा कम छैन । भाजपालाई दिनरात श्राप दिने नितिश कुमार फेरि एकपटक बीजेपीको गोटी बनेका छन् ।

नितिश कुमारले अब बिहारमा एनडीएसँग सरकार बनाउनेछन्। यो पनि अचम्मको कुरा हो कि जसका लागि नितिश कुमारका लागि बन्द गरिएको भाजपाका सबै ढोका अचानक खुलेका छन् । भारतीय संचारमाध्यामका अनुशार प्रधानमन्त्री मोदीकै पहलमा नितिशका लागि भाजपाले रेड कार्पेट बिछाएको छ ।

एक वर्षअघि केन्द्रीय गृहमन्त्री अमित शाहले जेडीयू नेता नितिश कुमारका लागि भाजपाको ढोका बन्द भएको बताएका थिए। र अब, लोकसभा चुनावको केही महिना अघि आठ पटकका मुख्यमन्त्री नितिश कुमारले फेरि बीजेपीसँग हात मिलाएका छन्। यो एक दशकमा उनको पाँचौं गुट अदल बदलको घटना हो।

वास्तवमा, नितिश कुमार विपक्षीको भारत गठबन्धनका प्रमुख अनुहारहरू मध्ये एक थिए र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बीजेपीलाई हराउनका लागि संयुक्त मोर्चा गठन गर्न अग्रभागमा थिए। पछिल्लो दशकमा नितिश कुमारले लगातार असफलताका बाबजुद मुख्यमन्त्रीको पद कायम राख्न सफल भएका छन्।

तर, उनको लोकप्रियता र पार्टीको चुनावी प्रदर्शनमा लगातार गिरावट आएको छ । पहिले उनको छवि सुशासन बाबु र विकास पुरुषको थियो। अहिले उनले ‘पल्टीमार’ को ट्याग पनि पाइरहेका छन् । नितिश कुमार मुख्यमन्त्री भए पनि उनको पार्टी विधानसभामा तेस्रो ठूलो शक्ति हो।

आरजेडी होस् वा भाजपा, नितिश कुमारको ’राजनीतिक शक्ति’ घटेको छ। अबको नयाँ सरकारमा नितिश कुमार मुख्यमन्त्री हुने भए पनि सरकारको नेतृत्व भाजपाको हातमा हुने बताइएको छ । कुमार १७ महिनाअघि बिहारका मुख्यमन्त्री बनेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top