×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी

२० मंसिर २०८२

१९ मंसिर, काठमाण्डौ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि भारत भ्रमणमा छन् । उनको भारत भ्रमणलाई लिएर विश्वभरको चासो बढेको छ । भारत भ्रमणकै क्रममा पुटिनले विश्वभुराजनीतिमा हलचल ल्याउने अभिब्यक्ति समेत दिएका छन् ।

उनले इन्धन खरिदलाई लिएर अमेरिकाको ‘दोहोरो नीति’ माथि कडा प्रश्न उठाएका छन् । भारतीय समाचार च्यानल इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा इन्धन खरिदलाई लिएर अमेरिकाको ‘दोहोरो नीति’ माथि कडा प्रश्न उठाएका छन् ।

इन्डिया टुडेसँगको कुराकानीमा अमेरिकाले एकतर्फ न्युक्लियर रियाक्टर इन्धनका लागि आवश्यक युरेनियम रुसबाट खरिद गरिरहने तर अर्कोतर्फ भारतलाई रुसबाट ऊर्जा आयात रोक्न दबाब दिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले स्पष्ट पारे, ‘यदि अमेरिकासँग रुसबाट इन्धन खरिद गर्ने अधिकार छ भने, भारतले पनि त्यही अधिकार पाउनुपर्छ ।’ पुटिनले यो विषयमा विस्तृत छलफलका लागि आफू तयार रहेको र यसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समेत कुरा गर्न सकिने बताए ।

अमेरिकाले २५ प्रतिशत रेसीप्रोकल ट्यारिफबाहेक रुसी तेल आयातमा भारतमाथि अतिरिक्त २५ प्रतिशत ट्यारिफ लगाएको छ । यसले गर्दा रुसबाट तेल आयात भारतका लागि सहज नहुने स्थिति बनेको छ ।

पछिल्लो तथ्याङ्कले पनि अक्टोबर २०२५ मा रुसबाट भारतको तेल आयात ३० प्रतिशतसम्म घटेको देखाएको छ । यद्यपि, पुटिनले आफ्नो अन्तर्वार्तामा रुससँग भारतको ऊर्जा साझेदारी स्थिर रहेको र यो तत्कालको उतार चढाव वा युक्रेनको ‘दुखद घटनाहरू’ बाट प्रभावित नहुने दाबी गरेका छन् ।

यता, ट्रम्प प्रशासनले भारत रुसी तेलको दोस्रो ठुलो खरिदकर्ता भएको र यसरी उसले पुटिनलाई युक्रेन युद्धमा मद्दत गरिरहेको आरोप लगाएको छ, जसलाई भारतले लगातार खण्डन गर्दै आएको छ । ट्यारिफलाई हतियारको रूपमा प्रयोग गर्ने ट्रम्प प्रशासनको नीतिको बारेमा पुटिनले भने, ‘उनीहरू आफ्नो नीतिलाई अगाडि बढाउँछन् ।

उनीहरूसँग सल्लाहकारहरू छन् जसले व्यापार साझेदारहरूमा ट्यारिफ लगाउने नीतिले अमेरिकी अर्थतन्त्रलाई अन्ततः फाइदा हुने विश्वास गर्छन् । मलाई लाग्छ उहाँ (ट्रम्प) ले राम्रो नियतले त्यसो गर्नुहुन्छ । हाम्रो सल्लाहकारहरूले यसमा हाम्रो लागि जोखिम देख्छन् ।’

पुटिनले रुसले भारतबाट थप सामान खरिद गर्नका लागि नयाँ विकल्प खोजिरहेको बताए । यसले गर्दा भारतीय आयात बढोस् र दुई देशबिचको व्यापार असन्तुलन कम होस् भन्ने आफ्नो चाहना रहेको उनको भनाई छ।

उनले भारत र चीन दुवैलाई आफ्नो घनिष्ठ मित्र बताउँदै प्रधानमन्त्री मोदी र सी जिनपिङलाई ‘समझदार नेता’ को रूपमा व्याख्या गरे, जो कठिन मुद्दाहरू समाधान गर्न दृढ छन् । यस्तै पुटिनले युक्रेनको डोनबास क्षेत्र जसरी भए पनि कब्जा गर्ने अडान दोहो¥याएका छन्।

इन्डिया टुडेसँगको कुराकानीमा डोनबास क्षेत्र जुनसकै हालतमा नियन्त्रणमा लिने बताएका हुन्। ’त्यो आक्रमणको माध्यमबाट वा अरू कुनै माध्यमबाट हुनेछ। तर जसरी पनि हामी त्यसमा नियन्त्रण कायम राख्छौं,’ पुटिनले भने। उनले त्यो क्षेत्र नियन्त्रणपछि युद्ध समाप्त हुने पनि उनले बताए। ’हामी सैन्य अभियान सुरू गर्दा नै निर्धारण गरेको लक्ष्य पूरा भएपछि मात्र युद्ध समाप्त हुन्छ,’ उनले भने।

पुटिनको अभिव्यक्तिले रुस–युक्रेन युद्ध अन्त्यका लागि अमरिकाले गरिरहेको पहल तत्काल निष्कर्षमा पुग्नेमा शंका सिर्जना भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो चरणमा तयार पारेको शान्ति योजनामा रूसले दाबी गरेजस्तै भूभागहरू उसकै नियन्त्रणमा हुने सर्त राखिएको थियो।

युरोपेली नेताहरूले यसको चर्को आलोचना गरेपछि अमेरिकाले जमिनको विषयमा हाल कायम रहेको नियन्त्रण रेखालाई आधार मानेर समाधान गर्न सकिने प्रस्ताव राखेका छन्। मोदीको निमन्त्रणामा आयोजित २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनको क्रममा, दुई नेताहरूबीच रक्षा सहयोगलाई सुदृढ पार्ने, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने र साना मोड्युलर रिएक्टरहरूमा साझेदारी गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोदी र पुटिनबीच आज दुई महत्वपूर्ण बैठकहरू हुँदैछन्, जसमध्ये एउटा बैठक बन्द कोठामा हुने बताइएको छ । दुई नेताबीचको द्विपक्षीय भेटघाटको क्रममा भारत र रुसबीच २५ भन्दा बढी सम्झौताहरू माथि हस्ताक्षर हुने सम्भावना छ ।

आज बिहान ९ बजे भारतको राष्ट्रपति भवनमा पुटिनलाई राजकीय स्वागत गरिएको छ । त्यसपछि उनले राजघाट गएर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । हैदराबाद हाउसमा २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलन आयोजना गरिएको छ ।

मोदी र पुटिनले आज साँझ एक व्यापारिक फोरमलाई पनि सम्बोधन गर्नेछन् । आज साँझ पुटिनको सम्मानमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राजकीय रात्रिभोज दिने बताइएको छ । यसैबीच पुटिन भारत भ्रमणमा दिल्ली ओर्लेपछि बिहीबार मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको एक प्रति उपहार दिएका छन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै भनेका छन्, “राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीताको एक प्रति उपहार दिएँ । गीताको शिक्षाले विश्वभरका लाखौं मानिसहरूलाई प्रेरणा दिन्छ ।”

सन् २०२२ मा रुस र युक्रेनको युद्ध सुरु भएपछि पुटिनको पहिलो भारत भ्रमण हो । एएनआईका अनुसार रुसी राष्ट्रपति पुटिनलाई २१ तोपको सलामी (गार्ड अफ अनर) दिइएको छ । चार वर्षपछि पुटिन पहिलो पटक भारत भ्रमणमा आएका हुन्, जहाँ विमानस्थलमा प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रूपमा उनको स्वागत गरेका थिए ।

उनीसँगै सातजना मन्त्रीहरूको ठूलो प्रतिनिधिमण्डल पनि आएको छ । भारतीय प्रधानमन्त्री मोदी स्वयम् पुटिनलाई विमानस्थलमा स्वागत गर्न पुगेका थिए । दुवै नेताले एकअर्कालाई अङ्गालो हालेका थिए र मोदी तथा पुटिन एउटै गाडीमा बसेर विमानस्थलबाट प्रधानमन्त्री निवास पुगेका थिए ।

पुटिन दिल्लीमा ब्यस्त रहदा उता युक्रेनमा रुसको पछिल्लो हमलाले युद्धलाई फेरि एकपटक खतरनाक मोडमा पु¥याएको छ । पछिल्लो ४८ घण्टाभित्र रुसी सेनाले करिब ३६ ब्यालिस्टिक मिसाइल र लगभग ६०० ड्रोनमार्फत हमला गरेको युक्रेनी अधिकारीले जनाएका छन् ।

हमलामा धेरै ठूला ऊर्जा केन्द्रहरूमा क्षति पुगेको छ । करिब १५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् । खेरसोन, सूमीको ठूलो भाग, खारकिभ सहर र खारकिभ क्षेत्रको विल्भास्थित सैन्य आधारमा भएका हमलाहरूले बिजुली आपूर्ति ठप्प भएको छ ।

हमलाले युक्रेनको सैन्य क्षमता र नागरिक पूर्वाधार दुवैलाई गम्भीर असर पु¥याएको छ । यी हमलाहरूमा २० भन्दा बढी नागरिकको मृत्यु भएको छ । युक्रेनी सेनाका अनुसार, रुसले ४८ घण्टामा करिब तीन दर्जनभन्दा बढी ब्यालिस्टिक मिसाइल र ६०० जति ड्रोन प्रहार गरेर ‘स्याचुरेसन अट्याक’को रणनीति अपनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top