Nepal Times
Nepal Times
3
Shares

मोदी र इमरानसँग ट्रम्पको वार्ता

मोदी र इमरानसँग ट्रम्पको वार्ता

३ भदौ, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग फोन वार्ता गरेका छन् । कश्मीर विवादका कारण भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै मुलुकका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका हुन् ।

ट्विटरमा राम्रो कुराकानी भएको जनाएका छन् । उनले भनेका छन्, ‘‘मेरा असल मित्र भारतका प्रधानमन्त्री मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग व्यापार, रणनीतिक साझेदारी र सबैभन्दा महत्वपूर्ण काश्मीर मुद्दामा जारी तनाव कम गर्ने विषयमा कुरा भयो । यो मुस्किल अवस्था भएपनि कुराकानी राम्रो भयो ।’’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.