×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मोरंगका कानुन ब्यवसायीद्वारा कालो पट्टि बाँधि विरोध प्रदर्शन

११ असार २०७६

११ अषाढ, विराटनगर ।

कानुनी परामर्श सेवालाई अनिवार्य भ्याटमा दर्ता गराउनुपर्ने प्रावधानको मोरंगका कानुन ब्यवसायीहरुले हातमा कालो पट्टि बांधेर विरोध जनाएका छन् ।

विराटनगर उच्च अदालत बार एसोशिएसन र मोरंग जिल्ला अदालत बार एसोशिएसनमा आबद्ध कानुन ब्यवसायीहरुले हातमा कालो पट्टि बांधेर विरोध जनाएका हुन । नेपाल सरकारले हालै संसद मार्फत जारी गरिएको आर्थिक आदेश–२०७६ मा कानुन ब्यवसायीहरुले प्रदानगर्ने कानुनी परामर्श सेवालाई अनिवार्य मुल्य अभिबृद्धि कर भ्याटमा दर्ता गराउनुपर्ने आदेश जारी भएको छ । सो आदेशको आधारमा आन्तरीक राजश्व विभागले कानुनी परामर्श सेवा दर्ता गराउन सुचना जारी गरेपछि कानुन ब्यवसायीहरु त्यसको विरोधमा उत्रिएका हुन । उनिहरुले उक्त ब्यवस्थाले सर्वसाधारणले सर्वसुलभरुपमा न्याय पाउने हकलाई कुण्ठित गर्ने दाबी गर्दै विरोधमा उत्रिएका हुन् ।

मोरंग जिल्ला अदालत बार एसोशिएसनका अध्यक्ष पुनम गुप्ताले कानुन ब्यवसायीहरु प्यानमा दर्ता भएर आम्दनी अनुसार राज्यलाई कर बुझाइरहेको सन्दर्भमा भ्याट दर्ताको प्रावधान झन्जटिलो हुने दाबी गरिन् । उनले २० लाखसम्म कारोबारहुने भ्याटमा स्वत दर्ता भएको बताउनुहुंदै न्युन आम्दनी हुने कानुन ब्यवसायीहरुले भ्याट दर्ता प्रावधानबाट झन्जट झेल्नुपर्ने दाबी गरिन् । उनले भ्याट दर्ता प्रावधानले निशुल्क कानुनी सेवा प्रदान गर्ने कानुन ब्यवसायी र न्यायका उपभोक्ता समेत मारमा पर्ने पनि दाबी गरिन्।

अषाढ ८ गते विज्ञप्ति जारी गर्दै आर्थिक आदेश विरुद्ध विभिन्न प्रकारका दबाबमुलक कार्यक्रम गर्दै आएका कानुन ब्यवसायीहरुले अषाढ ११ र १२ गते कालो पट्टि बांधेर काम गर्ने जनाएका छन् । सो बिषयमा केन्द्रीय बारले वार्ता गरिरहेको जनाइएको छ । वार्ताबाट निश्षर्श ननिस्के दबाबका कठोर कार्यक्रम ल्याउने उनिहरुले चेतावनी दिएका छन् । मोरंगमा विराटनगर उच्च अदालत बार एसोशिएसन र मोरंग जिल्ला अदालत बार एसोशिएसनमा समेत गरेर ४ सय कानुन ब्यवसायी आबद्ध रहेको जनाइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top