Nepal Times
Nepal Times
3
Shares

मोरङको उर्लावारीबाट जुवातास खेल्ने सात जना पक्राउ

मोरङको उर्लावारीबाट जुवातास खेल्ने सात जना पक्राउ

१२ मंसिर, मोरङ । मोरङको उर्लावारीबाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उर्लावारी नगरपालिका-९ स्थित स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ६ बजे ३ लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका-९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लावारी नगरपालिका-८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लावारी नगरपालिका-३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका-५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेका छन् ।

पक्राउ परेका सातै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.