विराटनगर, २ वैशाख । माेरङमा रक्सी खाएर मातेका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जहदा गाउँपालिका-७ का ३३ वर्षे नारायण साेरेनले श्रीमती ३२ वर्षीया पानाे टुडुलाई कुटपिट गरी हत्या गरेकाे मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

२९ चैतमा रक्सी खाएर घर गएका साेरेनले श्रीमतीलाई निर्घाट कुटपिट गरी घाइते बनाएका थिए ।

गम्भीर अवस्थामा विराटनगरस्थित काेसी अस्पताल पुर्‍याइएकी पानाेकाे गएराति ११ बजेतिर मृत्यु भएकाे हाे । हत्यामा संलग्न साेरेन फरार छन् । उनकाे खोजी तीव्र पारिएकाे डिएसपी श्रेष्ठले बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top