×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मोरङको सुन्दरहैचामा नयाँ वृन्दावन गौशाला बन्दै, राधाकृष्ण मन्दिरको उद्घाटन

१ जेष्ठ २०७६

विराटनगर, जेठ १
धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भई रहेको मोरङको बुढी खोला किनारको पुर्व तर्फ सुन्दरहरैचा ५ मा नेपालकै ठूलो भनिएको राधाकृष्ण मन्दिरको औपचारिक उद्घाटन गरिएको छ । प्रदेश नम्वर १का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुढी खोलाको किनाराको पूर्व तर्फ हिन्दु धर्मगुरु दिनबन्धु शास्त्रीको अगुवाईमा निर्माण सम्पन्न भएको मन्दिरको मंगलबार एक कार्यक्रम विच उद्घाटन गरेका हुन ।

राधाकृष्णको मन्दिर सहितका भौतिक पुर्वाधारहरुको निर्माण गर्दै राधेश्याम सेवा ट्रष्टले नयाँ वृन्दावन गौशाला बनाउने योजना अघि बढाउदै आएको छ । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसीत वन्दै आएको नयाँ वृन्दावन गौशालामा सुन्दरहरैचा नगरपालीकाले संसारकै अग्लो गाईको प्रतिमा निमार्ण गर्ने प्रक्रिया अघि वढाएको छ । नयाँ वृन्दावनका लागि करिब १ करोड बजेट बिनियोजन भइ सकेको नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बताए ।

त्यसै गरी नयाँ वृन्दावन गौशालामा आउने भक्तजनलाई सहज होस भन्नका लागि पुर्वपश्चिम राजमार्ग देखि नै कालो पत्रे गर्ने योजना अन्र्तगत २ करोडको बजेट बिनियोजन गरि ठेक्का प्रक्रियामा गई सकेको समेत मेयर ढकालले जानकारी दिए ।

मन्दिर उद्घाटन कार्यक्रमका प्रमुख अतिथी घिमिरेले प्रदेश सरकारले सकारात्मक काममा आवश्यक सहयोग गर्दै जाने वताए । उनले धार्मिक पर्यटन प्रवद्धनमा नयाँ वृन्दावनले प्रदेश नम्वर १ मा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । प्राकृतिक रुपले मनोरम स्थलको रुपमा रहेको वुढीजमुना खोलाको पुर्व तर्फकोे किनारामा तिन विगाह जग्गामा भौतिक पुर्वाधार निर्माण गर्न थालिएको हो । २०६६ साल देखि राधेश्याम सेवा ट्रष्टले नयाँ वृन्दावन गौशालाको स्थापना गरी विभिन्न भौतिक पुर्वाधारहरु निर्माण गरिदै आएको छ ।

नयाँ वृन्दावन निर्माण कार्य थालेको ट्रष्टले गौ सेवाका लागि गौशाला भवन , गौ सेवक वासस्थान , शिव मन्दिर , वुद्ध मूर्ति स्थापना ,आश्रम भवन , रासी अनुसारको वृक्षारोपण गरी वगौचा निर्माण गरी सकेको छ । यसैगरी गुरुकुल शिक्षाको प्रारम्भ समेत भई सकेको छ । वृन्दावनमा मानवका पुर्खाका सबै ऋषिमुनिहरूका मूर्तिहरू समेत राख्ने योजना अनुसार केही ऋषिहरूका मूर्ति निर्माण गरिसकिएको श्री राधेश्याम सेवा ट्रष्ट नयाँ वृन्दावन गौशालाका संरक्षक शास्त्रीले जानकारी दिए ।

यस क्षेत्रमा विश्वकै अग्लो गाईको प्रतिमा निर्माण गरिने योजनाको पनि शुरुवात भइसकेको छ । निर्माण घोषणा गरेको ट्रष्ट र सुन्दरहैंचा नगरपालिकाले यसको काम अघि बढाइसकेका छन् । वृन्दावनमा कृष्ण लीला, गाईवाछा र वन विहारको झल्को दिने संरचना पनि निर्माण गरिने जनाइएको छ । हाल सेवाका लागि गौशाला भवन, गौसेवक वासस्थान, शिव मन्दिर, बुद्ध मूर्तिसँगै, राशिअनुसारको वृक्षारोपण गरी बगँैचा निर्माण गरिसकिएको छ । यो क्षेत्रको निर्माणाधीन कार्यहरू सम्पन्न भएपछि नेपालकै आकर्षक धार्मिक तीर्थका रूपमा विकास हुने देखिएको छ । धार्मिक ग्रन्थहरूमा पनि उल्लेख यो नदी किनार पवित्र तीर्थस्थलका रूपमा विकास भएसँगै आन्तरिक तथा बाह्य पर्यटनका रूपमा विकास हुने धर्मगुरु शास्त्री बताउछन ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top