Nepal Times
Nepal Times
3
Shares

मोरङमा काेराेनाबाट थप २ जनाकाे मृत्यु

मोरङमा काेराेनाबाट थप २ जनाकाे मृत्यु

२१ साउन, विराटनगर ।
मोरङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बुधबार विराटनगर– ९ र मोरङको रंगेली ८ का पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कोशी आइसोलेशन वार्डका इन्चार्ज डा. लक्ष्मीनारायण यादवका अनुसार कोशी अस्पतालमा मंगलबार राति भर्ना भएका विराटनगर–९ का ४५ वर्षीय पुरुषको दिउँसो साढे १ बजे मृत्यु भएको हो । उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ आएको छ ।

त्यस्तै रंगेली ८ का ४५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या भएको भन्दै बुधबार विहान अस्पताल ल्याएकोमा डाक्टरले उनलाई तत्काल मृत घोषणा गरेका थिए । मृत्युपछि कोरोनाको आशंकामा स्वाब संकलन गरिएकोमा कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको अस्पतालको यादवले जानकारी दिए ।

यो सँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.