Nepal Times
Nepal Times
3
Shares

मोरी र विल्सनको गोलमा वेल्सले निकाल्यो २–० को सहज जित

मोरी र विल्सनको गोलमा वेल्सले निकाल्यो २–० को  सहज जित

१ मंसिर, एजेन्सी ।
युरोकप २०२० मा छनोट हुने सम्भावना कायमै राख्दै वेल्सले महत्वपुर्ण जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा वेल्सले अजरवैजानमाथि २–० को महत्वपुर्ण जित हात पारेको हो । वेल्सको जितमा किफर मोरी र ह्यारी विल्सनले गोल गरे ।

जितसँगै वेल्सले समूह ‘ई’ मा ७ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । अब समूहको अन्तिम खेलमा हंगेरीलाई पराजित गर्न सके वेल्सले युरोकपमा स्थान बनाउनेछ । बराबरी या हारले वेल्सको सम्भावना सकिनेछ ।

हंगेरीलाई पनि युरोकपमा स्थान बनाउन जित आवश्यक छ । बराबरीले अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ । शनिबार राति भएको खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

१०औं मिनेटमा मोरीले तथा ३४औं मिनेटमा विल्सनले गोल गर्दै वेल्सलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले गोलका केही मौकालाई सदुपयोग गर्न नसक्दा वेल्स विजयी हुन सफल भयो । हारसँगै अजरवैजान १ अंकसहित पुछारमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.