Nepal Times
Nepal Times
3
Shares

मौद्रिक नीतिका लागि सुझाव माग

मौद्रिक नीतिका लागि सुझाव माग

५ असार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) २०७८÷७९ लाई लक्षित गर्दै मौद्रिक नीतिमा सरोकारवालाहरूबाट राय÷सुझाव माग गरेको छ । केन्द्रीय बैंकले बिहीवार एक सूचना जारी गर्दै इमेलमार्फत सुझाव दिन सम्बद्ध सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।

गतवर्षझैं साउन पहिलो सातातिर मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले सुझाव संकलन शुरू गरेको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले जानकारी दिए । सम्बद्ध बैंक तथा वित्तीय संस्थाका संघसंगठन, व्यावसायिक संघसंगठनलगायत सबै सरोकारवालाले असार मसान्तसम्म आवश्यक लिखित सुझाव पेश गर्नुपर्नेछ ।

आवश्यक सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना ‘मोनेटरीपोलिसी याट दि रेट एनआरबी डट ओआरजी डट एनपी’मा पठाउन उनले आग्रह गरेका छन् । साथै, बालुवाटारस्थित केन्द्रीय बैंकको उक्त विभागको ठेगानामा समेत सुझाव पठाउन सकिनेछ ।

केन्द्रीय बैंकमा केही संघसंस्थाले सुझाव पठाइसकेको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । अन्य संस्थाबाट पनि सुझाव संकलन गर्न केन्द्रीय बैंकले सूचनामार्पmत जानकारी दिएको हो । नेपाल उद्योग परिसंघ (सीएनआई)को बैंक तथा वित्तीय संस्था कमिटीले सुझाव दिन अध्ययनको तयारी गरिरहेको जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.