Nepal Times
Nepal Times
3
Shares

म्यानमारमा कम्तीमा ५१ बालबालिका मारिए

म्यानमारमा कम्तीमा ५१ बालबालिका मारिए

३ वैशाख, एजेन्सी ।
राजनीतिक आन्दोलन चर्किरहेको म्यानमारमा सुरक्षाकर्मीहरूका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो ।

आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीहरुले गरेको हिंसात्मक आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो, राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले भने ।

नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार उनले अप्रिल १३ तारिखसम्मको विवरण प्रस्तुत गरेका थिए ।

उनले भने, गत फेब्रुअरी १ तारिखदेखि यही अप्रिल १३ तारिखसम्मको विवरण अनुसार म्यानमारमा आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूको तर्फबाट मारिएका मध्ये कम्तीमा ५१ जना बालबालिका रहेका छन् ।

आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए ।

हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसंघले पटक पटक आग्रह गरे पनि हिंसात्मक घटनाहरू भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

च्पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बाहनामा म्यानमारको सत्ता हातमा लिएको छ ।

तत्कालिन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो । सेनाले सत्ता लिएकै दिनदेखि सेनाको कदमको सर्वत्र विरोध भइरहेको छ ।

सेनाले सत्ता लिनु गलत भएको भन्दै राष्ट्रसंघलगायतका विश्वव्यापी संस्था र विभिन्न देशहरुले म्यानमारलाई प्रजातान्त्रिक प्रक्रियामा फर्काउन पटक पटक आग्रह गर्दै आएका छन् ।

सर्वत्र विरोध हुदाँहुदै पनि सेनाले अटेरी गरिरहेपछि भइरहेको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ७०७ जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.