×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको घोषणा

१७ भाद्र २०८०

१७ भदौ,एजेन्सी ।
म्यानमारविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका नेपाली राष्ट्रिय पुरुष पुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालले ’फिफा विन्डो’ अन्तर्गत म्यानमारको याङ्गुनमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ ।

आगामी अक्टोबरमा हुने विश्वकप छनोटको लागि नेपाल तयारी गरिरहेको छ । गत जुनमा भारतको बेंगलोरमा भएको साफ च्याम्पियनसिप खेलेको टिममा रहेको टोलीमा १० खेलाडी परिवर्तन भएको छ । आशिष गुरुङ, अन्जन राई, छिरिङ लामा, उत्सव राई, हिसुब थपलिया, जिलेस्पीजंग कार्की र कृतिशरत्न छुञ्जु पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।

साफ खेलेको टिमबाट कप्तान किरणकुमार लिम्बुसहित दिप कार्की, सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, एरिक विष्ट, लकेन लिम्बु, आवास लामिछाने, आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी र आशिष चौधरीले निरन्तरता पाएका छन् ।

गोलकिपर अभषेक बरालसहित डिफेण्डरहरु आशिष गुरुङ, अन्जन राई र छिरिङ लामा मिडफिल्डरद्वय उत्सव राई र कृतिशरत्न छुञ्जु तथा फरवार्ड जिलेस्पीजंग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया टिममा थपिएका छन् ।

साफ खेलेको टिममा रहेका विमल पाण्डे, देवेन्द्र तामाङ, सिमान्त थापा, विमल घर्ती मगर, विशाल श्रेष्ठ, मणि कुमार लामा र नविन लामा टिममा छैनन् । निशान खड्का, पुजन उपरकोटी र दिपकराज सिंह ठकुरी अष्ट्रेलिया पलायन भइसकेका छन् ।
यस्तो छ नेपाली टोली :

गोलकिपर= किरणकुमार लिम्बु, दीप कार्की र अभिशेक बराल

डिफेन्डर= सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई र छिरिङ लामा

मिडफिल्डर= एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई र क्रितिशरत्न छुन्जु

फरवार्ड= आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाङी, आशिष चौधरी, जिलेस्पी जङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top