Nepal Times
Nepal Times
3
Shares

म विभाजनको पक्षमा होइन एकताको पक्षमा लाग्छुः वामदेव

म विभाजनको पक्षमा होइन एकताको पक्षमा लाग्छुः वामदेव

२० फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडी बढाउने बताएका छन् ।

बिहिबार कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउन निजामति अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताएका हुन् ।

एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिने सम्मको अवस्था सिर्जना गर्ने उनको भनाई छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अझैपनि एकताको पक्षमा नआएको उनले बताए ।

उनले भने – ‘धेरै ठाउँमा उहाँहरुले बोलेको भनेको सबै सबै सभाहरुमा बोलेको ठुल्ठुला सभाहरुमा बोलेको ति सबै सुन्दाखेरी एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा छैन । मेरो चाहिँ प्रयत्न के छ भने केपी ओली तिर रहेका सेकेन्ड जेनेरेशनका र प्रचण्डतिर रहेका सेकेन्ड जेनेरेशनका कमरेडहरुलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठुलो पंक्ति तयार गर्ने र एकताको पक्षमा र जुन नेता एकताको पक्षमा हुनुहुन्न उहाँलाई भोट नदिने । यो अभियान अब हामिले चलाउँदै छौँ र चारैतिरबाट यि दुइटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला । पहिलो एकता केपी र प्रचण्डबीचकै एकतालाई हो हामिले मान्ने त्यो अरुले एकता गर्दैमा त्यो एकता हुँदैन । जनताले मान्दैन, विश्वले पनि मान्दैन । दुईटालाई एकताबद्ध गरेपछि फेरी या पार्टी एकताबद्ध भयो भन्ने हुन्छ । तर उहाँहरुलाई त्यो एकतामा ल्याउनको निम्ति उहाँहरुको वरिपरि बसेकाहरुलाई घेराबन्दी तोडेर एकताको पक्षमा रहेको नेपाली जनताको शक्ति, कम्युनिष्ट आन्दोलन प्रति शुभचिन्तक समर्थन गर्ने शक्तिले घेराबन्दी गरेर अन िउहाँहरुलाई एकताबद्ध गराउने पक्षमा म छु ।’

उपाध्यक्ष गौतमले विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागी एकता अभियानमा लाग्ने स्पष्ट पारे । पार्टी एकताको निम्ति आव्हान गर्ने नेताको पक्षमा आफु उभिनसक्ने पनि उनको भनाई छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.