×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

यमनमा अमेरिकाले बी–२ बाट बम खसाल्यो, कति भयो क्षति ?

१ कार्तिक २०८१

१ कार्तिक , एजेन्सी ।

अमेरिकी सेनाले यमनको हुथी समूहविरुद्ध बम वर्षा गरेको छ । रक्षामन्त्री लोइड अस्टिनले बुधबार बी–२ स्टिल्थ विमानबाट बम खसाइएको बताएका हुन् । अस्टिनले ५ भूमिगत हतियारण भण्डारण क्षेत्रलाई निसाना बनाइएको बताए ।

हुथीहरूले सो क्षेत्रमा सैनिक र गैरसैनिक जहाजलाई निसाना बनाउने हतियार भण्डार गरेको स्थानमा प्रहार गरिएको अस्टिनको भनाइ छ । ‘यो हाम्रा शत्रुहरूले हाम्रो पहुँचभन्दा बाहिर राख्न खोजेको स्थानलाई पनि निसाना बनाउन सक्ने अमेरिकाको क्षमताको प्रदर्शन हो।

त्यस्तो निसाना जतिसुकै भूमिगत, किल्लाबन्द वा कठोर किन नहोस्,’ अस्टिनले भनेका छन् । अमेरिकी सेनाको बी–२ स्पिरिट बमबर्षक विमानले आवश्यक पर्दा जहाँसुकै र जहिलेसुकै निसाना लगाउन सक्ने उनको भनाइ छ ।

हुथी सञ्चालित टेलिभिजनले पनि राजधानी सानानजिक आक्रमण भएको बताएको छ । तर, क्षतिको विवरण दिएको छैन । गत एक वर्षदेखि लाल सागरमा हुथी समूहले इजरायलसँग सम्बन्ध भएका जहाजहरूलाई निसाना लगाउँदै आएका छन् ।

अलजजीरासंग कुरा गर्दै अस्टिनले भने, हुथीहरुले यो हतियारहरुको प्रयोग इजरायलमाथि हमला गर्न र लाल सागर र अदनको खाडीबाट गुज्रिने व्यापारिक जहाजहरुलाई निशाना बनाउन गर्दै आएका थिए । जसलाई अमेरिकाले बुधबार नष्ट पारेको हो ।

अस्टिनले भने, यो हमला राष्ट्रपति बाइडेनको आदेशमा गरिएको हो, हामीले हुथी समूको हतियारहरुको ५ डिपोलाई निशाना बनाएका हौं । अमेरिकी अधिकारीहरूले रेड सी र एडेनको खाडीमा सैन्य र नागरिक जहाजहरूलाई लक्षित गर्न प्रयोग गरिने हतियारहरूलाई लक्षित गरेको बताएका छन् ।

अमेरिकी सेनाले यस हमलाका लागि बी–२ स्पिरिट बम्बर प्रयोग गरेको छ। यमनमा हुथी विद्रोहीविरुद्ध अमेरिकाले स्टिल्थ बमवर्षक प्रयोग गरेको यो पहिलो पटक हो। स्थानीय समय अनुसार बिहीबार बिहान यमनमा यो हमला गरिएको हो ।

बी २ स्पिरिट बम्बर लडाकु जेट भन्दा धेरै ठूलो स्टेल्थ प्लेटफर्म हो। यो लडाकु विमान भन्दा धेरै मात्रामा बम बोक्न सक्षम छ। यसअघि अमेरिकी केन्द्रीय कमाण्डले यमनमा कारबाहीका लागि लडाकु विमान प्रयोग गर्दै आएको थियो ।

बी २ स्पिरिट बम्बर फाइटर जेट भन्दा धेरै ठूलो स्टेल्थ प्लेटफर्म हो। यो लडाकु विमान भन्दा ठूलो परिमाणमा बम खसाल्न सक्षम छ। यसअघि अमेरिकी केन्द्रीय कमाण्डले यमनमा कारबाहीका लागि लडाकु विमान प्रयोग गर्दै आएको थियो ।

बी २ स्पिरिट एक बहु–भूमिका बमवर्षक हो, जुन परम्परागत र आणविक हतियार दुवै बोक्न सक्षम छ। यसलाई अमेरिकाको सबैभन्दा खतरनाक स्टिल्थ बम्बर भनिन्छ। छोटो अवधिमा बी२ लाई विश्वको कुनै पनि ठाउँमा ठूलो घातक हमाल गर्न अनुमति दिन सकिन्छ ।

यसले अन्तरमहादेशीय क्षमता प्रदान गर्दै विना इन्धन भरी ९हजार ६०० किलोमिटरसम्म उड्न सक्छ। यो चार इन्जिन स्टिल्थ बम्बरले १८ हजार किलोग्रामसम्मको पेलोड बोक्न सक्छ। ५० हजार फिटको उचाइमा पुग्ने यो बम्बरलाई दुई पाइलटले उडाउँछन् ।

अमेरिकासंग अहिले १९ यस्ता विमान रहेको बताइन्छ । यी विमानहरुको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यसले फाइटर जेट्सको तुलनामा निकै धेरै मात्रामा बम र परमाणु बम लैजान सक्छन ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top