×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

यसबर्ष चारसय मेट्रिक टन मात्र सुन्तला बिक्री

१४ पुष २०७४

इनरुवा, पुस १४
सुनसरीसहित चारैतिर सुन्तलाको सिजन शुरु भएको छ । तर गत वर्षको तुलनामा यसपटक पूर्वी पहाडी जिल्लामा माग अनुसारको सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य बढेको छ ।

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान र इटहरी क्षेत्रको बजारमा गत वर्षको तुलनामा ४५ प्रतिशत मात्र सुन्तला बजारमा आएको छ ।

गतवर्ष यो सिजनमा कृषि उपज बजारस्थल धरानमा एक हजार ५०० मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । तर यो वर्ष सिजनमा पनि ४०० मेट्रिक टन बराबरको सुन्तला मात्र बिक्री भएको छ ।

बजारमा धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ, संखुवासभाबाट सुन्तला आउने गर्दछन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा कमी आएका कारण गत वर्षको तुलनामा यस वर्ष सुन्तला बजारमा कम आएको भोजपुरका सुन्तला कृषक जितेन्द्र राईले बताए ।

गत आव २०७२÷७३ मा धरानमा ६ हजार ४९३ मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । त्यसबेला थोक मूल्य मात्र रु ५२ करोडको कारोबार भएको थियो । किसानको बारीमै गएर व्यापारीले फूल फुल्दै गर्दा बोट नै खरिद गर्दछन् । फूल फुले अनुसारको सुन्तला नफल्दा भने व्यापारीलाई घाटा भएको कृषि उपज बजारस्थल धरानका व्यापारी टीकाराम श्रेष्ठले बताए ।

उपभोक्ताको माग अनुसारको सुन्तला बजारमा आउन सकेको छैन । पूर्वी पहाडी जिल्लामा गत वर्षको तुलनामा ६० प्रतिशतले कम सुन्तला उत्पादन भएको छ । यसले गर्दा सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य दोब्बर भएको कृषि उपज बजारस्थल, धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

सुन्तला उत्पादनमा कमी आउनाको मुख्य कारण सुन्तलाको बोट मर्नु र फूल लागेको बेलामा झर्नु हो । सुन्तलामा देखिने यस्ता रोगको निदानबारे सम्बन्धित निकायको समयमा नै ध्यान जान जरुरी छ जसले गर्दा सुन्तला खेतीमा आश्रित रहेका कृषकको पेशा सुरक्षित बन्न सकोस् ।

सुनसरीका पाँच ठाउँमा कृषि टहरा

यसैबीच, जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लाको किसानको माग र आवश्यकतालाई मध्यनजर गर्दै पाँच ठाउँमा कृषि सेट टहरा निर्माण गर्ने भएको छ ।

आफ्ना खेतबारीमा कृषकले उत्पादन गर्ने काउली, गोलभेँडा, बन्दाकोबी, सागपात, टमाटर लगायतका सामग्री राखेर बिक्री–वितरण गर्नका लागि टहरा निर्माण गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयले जिल्लाको कोशी गाउँपालिकास्थित हरिपुर हाट, श्रीपुरको कोशी कटान राजमार्ग छेउ, बर्जू गाउँपालिकाको चिमडी आसपास क्षेत्रमा, दुहवी नगरपालिकाको पूर्वकुशाहामा र बराहा नगरपालिकाको मधुवन वा प्रकाशपुरमध्ये एक स्थानमा गरी पाँच स्थानमा कृषि टहरा निर्माण गरिने भएको हो ।

कृषि सेट टहरा निर्माण गर्नका लागि सम्झौतासमेत भइसकेको र छिट्टै निर्माण कार्य थालिने जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झाले जानकारी दिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top