Nepal Times
Nepal Times
3
Shares

यसवर्षको तिहारमा कहाँबाट आउँछ फूल ?

यसवर्षको तिहारमा कहाँबाट आउँछ फूल ?

१४ कात्तिक, काठमाडौं ।

यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ । तर यसवर्ष तिहार अगाडी नै सयपत्री फूल फुलिसक्ने भएकाले माग अनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुने देखिएको छ । तर व्यवसायीहरुले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्ने बताएका छन् ।

किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समय भन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आकलन गरिएको हो । तर पुष्प व्यवसायीहरु भने क्यालेण्डरको आधारमा फूल खेति गरिएकाले नेपाली उत्पादनले नै यसवर्षको मागलाई सहजै धान्ने बताएका छन् ।

रिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले अधिकमासका कारण यसपटकको तिहार २०/२२ दिन पछाडि धकेलिएपनि फुलको बजारलाई कुनै असर नपर्ने बताए । घरेलु किसानले उत्पादन गरेको फूल तिहार अगाडी नै सुकेर जाने भएपनि व्यवसायिक रुपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकोले तिहारको मागलाई सजिलै धान्ने उनले बताए ।

गतवर्षको तिहारमा २५ लाख माला खपत भएको थियो । जसमध्ये मखमली माला ५ लाख र सयपत्री माला २० लाख रहेको थियो । यस वर्ष भने कोभिड संक्रमणको जोखिमका कारण फूलको माग कम हुने आकलन गरिएको पनि अध्यक्ष कसजुले बताए । यसवर्ष १२ देखि १५ लाख मालाको माग हुने अनुमान गरिएको र सबै मालाको आपूर्ति स्वदेशी उत्पादनबाट हुने उनको भनाई छ ।

यसवर्ष फूलको मूल्य भने केही महँगो पर्ने भएको छ । अध्यक्ष कसजुका अनुसार सयपत्री फूलको एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँ सम्म पर्न सक्ने बताए । गत वर्ष सयपत्री फूलको एउटा मालाको मूल्य ५० देखि ६० रुपैयाँ परेको थियो ।


पुष्प व्यवसायी श्यामसुन्दर प्रजापतिले भने तिहारका लागि लगाइएको सयपत्री फूल फूलिसकेको बताए । केही फूल तिहार सम्म काम नलाग्ने गरी सुकिसकेको पनि उनले बताए । चिसो बढ्दै जाँदा फूल झाँगिन नसक्ने र फुलेको फूल समेत सुक्ने भएकाले तिहार सम्म सयपत्री फूललाई जोगाइराख्न समस्या भएको उनले बताए ।

तिहार पछाडि भएपनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्ने भएकाले बाहिरी मुलुकबाट पूmल आयात गर्न नहुने व्यवसायीहरुको भनाई छ ।

अन्य मुलुकबाट नआउँदा आन्तरिक फूलको मूल्य बढ्छ भन्ने बुझाईले गर्दा आत्मनिर्भर भइसकेको अवस्थामा पनि फूल आयात हुने गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । गतवर्षको तिहारमा करिब १० लाख फूलका माला भारतबाट आयात भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.