×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यस्तो अनौठो शहर जहाँ बस्दा पैसा पाइन्छ

२९ श्रावण २०७५

एजेन्सी, साउन २९
इटालीको एउटा शहरमा मानिसहरूलाई बसाउनका लागि त्यहाँको सरकारले पैसा दिइरहेको छ । कन्डेला शहरका मेयर निकोला ग्याटाले शरहको जनसंख्या घट्दै गएपछि यो कदम उठाएकी हुन् ।

मेयरका अनुसार, शहरलाई सन् १९९० मा जस्तै आठ हजार जनसंख्या पु–याउने उनको लक्ष्य हो । अहिले यो शहरको जनसंख्या जम्मा २ हजार ७ सय छ । यो शहरका गल्लीहरू मानिस र पर्यटकले भरिने गरेकोमा अर्थव्यवस्थामा संकट आएपछि मानिसहरू अन्तै बसाइँ सरेका थिए । त्यसपछि जनसंख्या बढाउनका लागि अनेकौं उपाय सोचिए ।

मेयरले यो अफरअन्तर्गत सिंगललाई ८ सय युरो र कपललाई १२ सय युरो दिने फैसला गरेकी छन् । तीनदेखि पाँच सदस्य भएको परिवारलाई १५ सयदेखि १८ सयसम्म युरो दिइन्छ । यहाँ बस्न खोज्ने मानिसलाई करछुट र बालबच्चा स्याहार सुविधा पनि दिइनेछ । मेयरका एक कर्मचारीका अनुसार, शहरको जीवनस्तर धेरै राम्रो छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top