×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

यस कारण नियमित स्वास्थ्य परिक्षण गराउन जरुरी छ

१७ असार २०७५

किशोर विश्वकर्मा
विराटनगर, असार १७
विचार गर्नुहोस त हामी वर्षमा कतिपटक स्वास्य जाँच अथवा स्वास्थ्य परिक्षण गराउँछौँ ? पक्कै पनि प्राय हामीलाई रोगले ग्रस्त नबनाए सम्म चिकित्सक कहाँ पुगेर स्वास्थ्य परिक्षण गराउँदैनौँ । हामिलाई रोगले सहनै नसक्ने अवस्था आएपछि मात्र चिकित्सककहाँ पुग्दछौँ र चिकित्सकले रगत, दिशापिसाब, भिडियो एक्सरेलगायतका परिक्षण गर्न भनेपछि मात्र हामि बल्ल ल्याबमा पुग्दछौँ र विभिन्न परिक्षण गराउँछौँ ।

साँच्चै भन्ने हो भनेँ रोगको अनुसन्धानमा ल्याबको भुमिका धेरैनै गहन हुन्छ । त्यसकारण ल्याब परिक्षण पछि मात्र धेरै जसो रोगहरुको उपचार डाक्टरहरुले गर्ने गरिएको पाईन्छ ।

के तपाईलाई थाह छ ? कतिपय रोगहरु करिब ६० प्रतिशत हाम्रा शरिरमा प्रवेश गरिसके पछि मात्र हामिलाई त्यसका लक्षणहरु देखा पर्ने हुन्छ । अनि मात्र हामी डाक्टरकहाँ जान्छौँ । जसमा कतिपय रोग निको हुन्छ त कतिपय निको हुने सम्भावना कम रहन्छ ।

त्यस्ता रोगहरुको बारेममा जानकारी लिनका लागि हामीले बेलाबेलामा शरिरका ल्याब परिक्षण तथा अन्य परिक्षण हरु गराउनु अति आवश्यक हुन्छ जसका कारण त्यस्ता रोगहरु लाग्नबाट बँच्न सक्छौँ ।

जस्तै मृगौलाको रोग, ब्रेस्ट क्यान्सर, पाठेघरको क्यान्सर, प्रोस्टेट क्यान्सर जस्ता रोगहरुको लक्षण सुरुमै नदेखिने कारणले पछि एक्कासी देखापर्दा बल्ल हामी डाक्टरकहाँ गएर जचाउँदा हामीलाई थाहा हुन्छ कि हामीलाई यस्ता रोगले च्यापि सकेको छ भनेर ।

किन गर्ने नियमित स्वास्थ्य परिक्षण ?
१. रोगहरु पत्ता लगाउन ।
२. सुरुकै अबस्थामा रोग पत्ता लागेको खण्डमा उपचार गरि रोग निको पार्न सकिन्छ ।
३. समयमै रोकथामको कदम चाल्न सकिन्छ ।
४. आकास्मिक मृत्यलाई कम गर्न सकिन्छ
५. आयु बढाउन सहयोग पुग्छ ।
स्वास्थ्य जाँच भन्ने वित्तिकै कसैलाई झट्ट लाग्न सक्न चिकित्सकले शरिरका विभिन्न अंगमा छामेर गरिने चेक जाँच हो भनेर, तर वास्तवमा स्वास्थ्य परिक्षण भनेको अहिलेको आधुनिक जमानामा स्वास्थ्य चेकजाँच भन्नाले ल्याबमा गएर चिकित्सकको सल्लाह बामोजिम रगत, दिसा पिसाब (युरिन/स्टुल), मासुको बायप्सी, एक्सरे तथा भिडियो एक्सरे, छालालगायतका अनेकौँ परिक्षण(टेस्ट) गराउनु हो ।

ल्याबमा विभिन्न किसिमका परिक्षणहरु हुने गर्दछन् । विराटनगरलगायत पूर्व क्षेत्रमा स्वास्थ्य परिक्षणका बहानामा विभिन्न किसिमका विकृतिहरु मौलाउँदै जान थालेको छ । परिक्षणका बहानामा सेवाग्राही विरामिहरुसँग कतै चर्को मुल्य असुलिँदै आएको छ भनेँ कतै कमिसनको चक्करमा कुनै ल्याब सञ्चालकहरुले आफ्नो ल्याबमा हुन नसक्ने परिक्षण पनि अन्यत्रै पठाएर विरामिको उपचारमा ढिलाई गरिदिने गरेका छन् ।

सामान्यतया थोरै समयमै हुन सक्ने परिक्षण पनि ल्याबहरुले विरामिलाई हप्ता दिन सम्म रिपोर्ट आउन समय लाग्ने भन्दै विरामि झुक्याउने गरेको पाइन्छ । त्यतिमात्र कहाँ हो र कहिले काँहि ल्याबहरुले गलत रिपोर्ट दिएर विरामिको जिवन सँग खेलवाड गरेको पनि बेलाबेलामा समाचारमा सुन्न, पढ्न र देख्न पाइन्छ ।

प्रदेश नम्बर १ को मोरङ जिल्लामा व्यापक रुपमा कतिपय स्वास्थ्य संस्था तथा प्याथोलोजि ल्याबहरुले पुरै शरिर परिक्षण (होलबडी चेकअप) १ हजार देखी २ हजार रुपयाँमै गरिन्छ भनेर प्रचार गरेको पाइन्छ ।

तर, वास्तवमा होलबडी चेकअपका लागि लागत खर्चनै करिब ९ हजार रुपैयाँ भन्दा बढी लाग्दछ । अब तपाईँ आफै भन्नुहोस के साँच्चै होलबडी चेकअप गरिन्छ त ? पक्कैपनि गरिँदैन । त्यो सरासर ठगि कार्य मात्र हो । नेपालमै त्यसमा पनि विराटनगरमै हुने परिक्षण पनि विदेश पढाइने गरेको पाइन्छ ।

उदाहरणका लागि मानौँ छिमेकि मुलुक भारत परिक्षणका लागि पठाइन्छ भनेँ विराटनगरबाट जोगबनि गएर कुरियर गरि रेलमा पठाइयो भनेँ परिक्षण गरिने चिज सम्वन्धीत ल्याबमा पुग्नै समय लाग्दछ, तापक्रम मिल्दैन, जसका कारण विरामिको सहि रिपोर्ट आउन सक्दैन र सहि उपचार हुन पनि प्राय असम्भव जस्तै हुन्छ ।

सवै प्याथोलोजी ल्याबहरु त्यस्ता नहुन पनि सक्छन् । कतिपय ल्याबहरुले अत्याधुनिक अन्तराष्ट्रिय स्तरको मापदण्ड अनुसार आधुनिक मेशिनहरुबाट परिक्षण गरेर चाँडै रिपोर्ट विरामिलाई उपलब्ध गराउँछन् । तर, कमिशनको चक्करका कारण विरामिहरु त्यस्ता ल्याबमा पुग्न नसकिरहेका हुन्छन् ।

के हो प्याथोलोजी ?
प्याथोलोजीको अर्थ निकै गहिरो छ । तर, सामान्य भाषामा भन्नुपर्दा प्याथोलोजिको अर्थ अत्यन्त संवेदनशिल छ । जसमा विभिन्न रोगहरुको कारण पत्ता लगाउनका लागि जाँच गरिनु हो । जस्तै कुनै एक व्यक्तिलाई क्यान्सर छ छैन त्यसका लागि शरिरको कुन अंगमा भएको आशंका लाग्दछ सोहि ठाउँको मासुको सेम्पल लिएर ल्याबमा वायोप्सी परिक्षण गराइन्छ । र, सो को नतिजा पनि परिक्षण पछि यथार्थ पत्ता लाग्दछ यस्तो प्रकृया नै प्याथोलोजि हो भन्दा अन्य अर्थ नलाग्ला र यसमा विभिन्न किसिमका परिक्षणहरु पर्ने गरेको विराटनगर कोशि अञ्चल गेट अगाडी रहेको बिआरएल प्याथोलोजि ल्याब एण्ड पोलि क्लिनिकका वरिष्ठ प्याथोलोजिष्ट डा. विपेस आचार्य बताउँछन् ।

कस्ता ल्याबमा गएर परिक्षण गराउने ?
स्वास्थ्य संस्था वरपर सयौँ ल्याबहरु खोलिएको तपाईँ हामी सवैले देखेकैछौँ । तर, सवै ल्याबमा आधुनिक मेशिनबाट नेपाल सरकार तथा अन्तराष्ट्रिय स्तरको मापदण्ड अनुसार परिक्षण हुन्छ भन्ने ग्यारेन्टी छैन ।

कुनै ल्याबले एउटा माइक्रोस्कोप मात्र राखेर पनि परिक्षण गर्ने गरेको भटिन्छ । नेपाल सरकारले नियमित अनुगमन गर्न नसकेका कारण पनि परिक्षणका नाममा विकृति मौलाउँदै जान थालेको हो ।

त्यसर्थ तपाइँलाई कुनैपनि चिकित्सकले विभिन्न परिक्षण गराउपर्ने भनेको खण्डमा आधुनिक मेशिनबाट अन्तराष्ट्रिय स्तरको मापदण्ड अनुसार छिटो रिपोर्ट दिन सक्ने प्याथोलोजि ल्याबमा गएर मात्र परिक्षण गराउनुहोस त्यो तपाईहामी सबैको अधिकार हो ।

यस्तै प्याथोलोजि ल्याबहरु मध्ये आज हामी एउटा ल्याबका विषयमा चर्चा गर्दैछौँ । हामीले चर्चा गर्न लागेको ल्याबको नाम हो विराटनगरको बिआरएल प्याथोलोजी ल्याब एण्ड पोलि क्लीनिक ।

करिब एक वर्ष अघि स्थापना भएको विराटनगर सिथत बिआरएल ल्याब एण्ड पोलि क्लिनिकले पूर्वमै पहिलो पटक अत्याधुनिक मेशिनबाट ल्याब परिक्षण गरि सेवाग्राही विरामिको छिटो छरितो रुपमा रिपोर्ट दिँदै आएको छ ।

कोशि अञ्चल अस्पताल गेड अगाडी रहेको सो ल्याब एण्ड पोलि क्लिनिकले अत्याधुनिक अमेरिकन ब्राण्डका मेशिनबाट ल्याब परिक्षण गर्ने गरेको हो । बिएलआर ल्याब एण्ड पोलि क्लिनिकले फुल्ली अटोमेटेड किसिलिया, फुल्ली अटोमेटेड कम्प्लीट ब्लड काउन्ट, फुल्ली अटोमेटेड, फुल्ली अटोमेटेड बायो केमिस्ट्री, फुल्ली अटोमेटेड एलेक्ट्रो लाइटलगायत यूएसए(अमेरीकि) ब्राण्डका मेशिनबाट परिक्षण गरि विरामिलाई चाँडो भन्दा चाँडो न्यनतम शुल्कमा रिपोर्ट दिनेगरेको छ ।

त्यतिमात्र नभई सो ल्याबले अनलाइनमै पनि सेवाग्राहीको रिपोर्ट राखिदिने गरेको छ । जसबाट सेवाग्राहीले घरमै बसिबसि रिपोर्ट लिन सक्नेछन्त्यस्तै सो ल्याबले रिपोर्ट आउनासाथ अटोमेटिक विरामिको मोवाइलमा एसएमएस पुग्ने व्यवस्थासमेत गरेको बिआरएल ल्याबका अध्यक्ष श्यामदेव मेहताले जानकारी दिए ।

फुल्ली अटोमेटेड किसिलिया हर्मोन एनलाईसिस मेशिनबाट टच प्रोफाइल(बच्चा नहुनेहरुको जाँच), थाइराइड, भिटामिन बि१२, भिटामिन डि, प्रोस्टेट क्यान्सर जाँच, ब्रेस्ट क्यान्सर, क्यान्सर मार्कर, ट्यूमर मार्कर, तथा मधुमेहको एचबिएवान मेथडलगायतका थुप्रै परिक्षण हुने गरेको छ ।

त्यसैगरि फुल्ली अटोमेटेड कम्प्लीट ब्लड काउन्ट मेशिनबाट सिबिसिका सवै परिक्षण हुन्छ । त्यस्तै फुल्ली अटोमेटेड बायो केमिस्ट्री मेशिनबाट मधुमेह, मृगौलालगायतका सवै परिक्षण गरिने गरेको अध्यक्ष मेहताको भनाई छ । फुल्ली अटोमेटेड एलेक्ट्रोलाइट मेशिनबाट पोटासियम आइमैच क्याल्सीयम क्लोराईडहरु जाँच हुन्छ ।

के बिआरएल प्याथोलोजि ल्याब एण्ड पोलि क्लीनिकमा परिक्षण(टेस्ट) मात्र गरिन्छ ?
पक्कैपनि सो ल्याबमा परिक्षणमा मात्र हुँदैन । काठमाण्डौं र विराटनगरका ख्यातिप्राप्त कन्सल्टेन्ट डाक्टरहरुबाट दैनिक ओपिडि सेवा समेत सञ्चालन हुँदै आएको छ । जहाँ दैनिकै रुपमा डाक्टरहरुले उपचारसेवा दिँदै आएका छन् ।

बिआरएलमा होलबडी चेकअपका लागि लाग्ने शुल्कहरु

 

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top