×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

युक्रेनको सुमीमा रुसले देखायो मृत्युको ताण्डव

१ बैशाख २०८२

१ वैशाख , एजेन्सी ।

रुस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गरेको छ। यो युद्धलाई अमेरिकी राष्ट्रपति अन्त्य गर्ने तयारीमा छन् । यसका लागि उनले रुसी राष्ट्रपति र युक्रेनी राष्ट्रपतिसँग लामो संवाद पनि गरिसकेका छन् । तर युद्ध अन्त्यका लागि ट्रम्पले वार्ता प्रक्रियालाई अघि बढाइरहेका बेला युक्रेनमा रुसले भयानक आक्रमण गरेको छ ।

यो आक्रमणलाई लिएर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पलाई एउटा महत्वपूर्ण आग्रह गरेका छन्। अमेरिकी सञ्चारमाध्यम सीबीएससँगको अन्तर्वार्तामा जेलेन्स्कीले भने, “रुससँग कुनै सम्झौता गर्नु अघि ट्रम्प स्वयं युक्रेन आएर यहाँको विनाश, पीडा र मानवीय संकटको प्रत्यक्ष अवलोकन गरून्।”

जेलेन्स्कीको यो टिप्पणी आइतवार युक्रेनी सहर सुमीमा भएको रुसको मिसाइल आक्रमणपछि गरिएको हो। उक्त आक्रमणमा दुई बालबालिकासहित ३४ जनाको ज्यान गएको र एक सय १७ जना घाइते भएको पुष्टि गरिएको छ। यो घटनाले युक्रेनमा जारी संकटको भयावहता फेरि एक पटक उजागर गरेको छ।

डोनाल्ड ट्रम्पले विगतमा बारम्बार आफू राष्ट्रपति भए युद्ध २४ घण्टामै रोक्ने दाबी गर्दै आएका थिए। उनले रुससँग वार्ता गर्न सकिने, अमेरिकाले युद्धमा अत्यधिक सहयोग गर्नु नपर्ने जस्ता तर्क प्रस्तुत गरेका थिए ।

उनले भनेअनुरुप युक्रेन युद्ध अन्त्य गर्न सफल नभएपनि राष्ट्रपति बनेयता प्रयास भने जारी राखेका छन् । अहिले जेलेन्स्कीले युद्ध अन्त्यका लागि यथार्थको आँखाले हेर्न आग्रह गरेका छन्।

“यदि तपाईं युद्ध सकिने कुरा गर्नुहुन्छ भने, पहिले यो युद्धका दृश्यहरू देख्नुपर्छ,” जेलेन्स्कीले भनेका छन् । उनले स्पष्ट रुपमा ट्रम्पजस्ता नेताहरूले वार्ताको नारा लगाउने भए पनि ती निर्णयहरूले पीडित युक्रेनी जनताको आवाज सुन्नु आवश्यक रहेको संकेत गरेका छन्।

जेलेन्स्कीको निम्तो एक साधारण भ्रमण आग्रह मात्र होइन। यो एक गहिरो कूटनीतिक सन्देश हो, जसले अमेरिकी नेतृत्वमा सम्भावित परिवर्तनसँग युक्रेनको रणनीतिक सम्बन्धलाई पनि सन्तुलित राख्न खोजेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यस्तो अवस्थामा जेलेन्स्कीको निम्तो ट्रम्पप्रति दबाब सिर्जना गर्ने र अमेरिकी जनमतमा युक्रेनप्रति सहानुभूति जगाउने प्रयासको रूपमा पनि हेरिएको छ।यता जर्मनीका चान्सलर फ्रेडरिक मर्जले सुमी आक्रमणपछि रुसी कार्यलाई “युद्ध अपराध” को संज्ञा दिएका छन्।

यस्तै, ट्रम्पले पनि घटनालाई ‘भयानक’ भनेका छन्। तर यस्ता बयानहरू युक्रेनका लागि पर्याप्त छैनन्। उनीहरूलाई चाहिएको सहयोग सैन्य, आर्थिक र नैतिक तीनवटै स्तरमा हो। संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म झन्डै ७० लाख युक्रेनीहरू शरणार्थी बनेर विभिन्न देशमा बस्न बाध्य छन्।

लाखौं नागरिक मारिएका वा घाइते भएका छन्। युद्धले विद्यालय, अस्पताल, घर, पूर्वाधार सबै ध्वस्त बनाएको छ। यस्तो अवस्थामा युद्धविराम वा सम्झौताको कुरा गर्नु पूर्व जेलेन्स्कीले सबै नेताहरूलाई युद्धको पीडा अनुभूत गर्न आग्रह गरिरहेका छन्।

२०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण थालेको हो। हालसम्म पनि युद्धविरामको स्पष्ट सम्भावना देखिएको छैन। यद्यपि पश्चिमी देशहरू विशेषतः अमेरिका र युरोपेली संघले युक्रेनलाई सैन्य सहायता दिँदै आइरहेका छन्।

तर पछिल्लो समय अमेरिकाले सैन्य सहायता रोकेको छ । यति लामो युद्धको आर्थिक र मानवीय असरले सहयोगी देशहरूमा पनि थकावट देखिन थालेको छ। त्यही पृष्ठभूमिमा ट्रम्पजस्ता नेताहरूले “शान्तिपूर्ण सम्झौता“ को बहानामा रुसप्रति नरम नीति अवलम्बन गर्ने आशंका युक्रेनलाई गहिरो चिन्ताको विषय बनेको छ।

जेलेन्स्कीले यस्ता सम्भावित विचारहरूलाई ‘विनाशकारी राजनीतिक लापरवाही’को संज्ञा दिएका छन्। यदि ट्रम्प वा अन्य कुनै नेताले शान्तिको साँचो अर्थ बुझ्न चाहन्छन् भने, उनीहरूले सुमी, बाखमुत, मारियुपोलजस्ता सहरमा युद्धले बाँकी राखेको वास्तविकता हेर्नु पर्छ।

केवल त्यहीबेला उनीहरूले आफ्ना निर्णयको मूल्य थाहा पाउने युक्रेनी राष्ट्रपतिको भनाइ छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top