×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

युक्रेनमा रक्षामन्त्री बर्खास्त

१८ भाद्र २०८०

१८ भदौ, एजेन्सी ।
रुससँग डेढ वर्षदेखि युद्ध लडिरहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना रक्षामन्त्री ओलेक्सी रेज्निकोभलाई पदबाट बर्खास्त गरेका छन् । फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गर्नुअघि रेज्निकोभले मन्त्रालय सम्हालेका थिए । उनको स्थानमा युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नयाँ रक्षामन्त्री बनाइने भएको छ ।

अब रक्षा मन्त्रालयमा नयाँ दृष्टिकोण आवश्यक भएको जेलेन्स्कीले बताएका छन् । युक्रेनी मिडियाको अनुमान अनुसार रेज्निकोभलाई बेलायतका लागि युक्रेनको राजदूत बनाइने सम्भावना छ । रेज्निकोभले हालै वरिष्ठ बेलायती मन्त्रीहरूसँग राम्रो सम्बन्ध विकास गरेका थिए । आफ्नो नियमित रात्रिकालीन सम्बोधनका बेला राष्ट्रपति जेलन्स्कीले रक्षामन्त्रालयमा अब ‘नयाँ शैली’ अपनाउनुपर्ने समय आएको बताए ।

जेलेन्स्कीले भनेका छन्, “मन्त्रालयले नयाँ शैली अपनाउनुपर्ने तथा सेना एवं समग्र समाजसँग अन्य माध्यमका अन्तरक्रिया गर्नु पर्ने आवश्यकता रहेको मेरो विश्वास छ,”। रेज्नीकोभको विस्थापनलाई कतिपयले अनुमान गरिसकेका थिए । त्यसलाई जेलेन्स्कीले सबै सरकारी विभागहरूमा भ्रष्टाचार नियन्त्रण गर्न खोजेका प्रयाससँग जोडेर हेरिएको छ ।

हुन् त रेज्नीकोभलाई प्रत्यक्ष कुनै गल्तीको अभियोग लागेको छैन् । तर उनको मन्त्रालयले खरिदसम्बन्धी विभिन्न काण्डहरू झेलिरहेको छ । रेज्नीकोभको विस्थापन त्यतिखेर भएको छ जतिखेर युक्रेनले पश्चिमा सहयोगीहरूबाट प्राप्त अत्याधुनिक अस्त्रको बलमा रुसविरुद्ध प्रत्याक्रमण गरिरहेको छ । यु

द्धका अग्रमोर्चामा प्रगति निकै धीमा गतिमा भएका छन् तर आइतवार वरिष्ठ युक्रेनी जर्नेलहरूले तिनका फौजले दक्षिणी भागमा रुसी रक्षा पङ्क्तिको एउटा महत्त्वपूर्ण लाइन भत्काएर अघि बढेको बताएका छन् । यसबीच रुसले रातको समयमा आफ्ना भूभागमा कैयन् ड्रोन हमलाका प्रयास भएको बताएको छ ।

नयाँ रक्षामन्त्रीमा नियुक्त भएका उमरोभले रुसी आक्रमणको प्रारम्भिककालमा भएका शान्ति वार्ताहरूमा युक्रेनको प्रतिनिधित्व गरेका थिए । सन् २०२२ को मार्चमा शान्ति वार्ताका बेला उनमा विष खुवाइएको लक्षण देखा परेका शङ्का गरिएका थिए । तर पछि उनले ती विवरणको खण्डन गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top