×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार

१ पुष , काठमाण्डौ ।

अमेरिकाले युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिने भएको छ । रुस–युक्रेन युद्धलाई अन्त्य गर्ने दिशामा महत्वपूर्ण संकेत दिँदै अमेरिकाले शान्ति सम्झौताअन्तर्गत युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको हो ।

बर्लिनमा भएको पछिल्ला वार्ताहरूपछि अमेरिकी अधिकारीहरूले करिब चार वर्षदेखि चलिरहेको युद्ध समाप्त गर्न आधार तयार भइरहेको बताएका छन् । वार्तामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकाका दूतहरूबीच धेरै महत्वपूर्ण मुद्दाहरूमा छलफल भएको थियो ।

अमेरिकी अधिकारीहरूका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरू र युक्रेनी नेतृत्वबीच सुरक्षा ग्यारेन्टी र क्षेत्रीय मुद्दाहरूमा मतभेदहरू धेरै हदसम्म कम भएका छन्। अमेरिकाले युक्रेनलाई दिइने सुरक्षा ग्यारेन्टी अनिश्चित समयसम्म खुला प्रस्ताव नरहने स्पष्ट पारेको छ ।

राष्ट्रपति ट्रम्पले पनि अब शान्ति सम्झौताको पहिलेभन्दा धेरैनजिक पुगिएको र युरोपेली देशहरूको पनि पूर्ण समर्थन मिलिरहेको बताएका छन् । युरोपेली नेताहरू र अमेरिकाले मिलेर युक्रेनलाई मजबुत सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएका छन् ।

यसअन्तर्गत, युरोपको नेतृत्वमा एक बहुर्राष्ट्रिय बल बनाउने प्रस्ताव छ, जसलाई अमेरिकाले समर्थन गर्नेछ । यो बलले सेनाको पुनर्निर्माणमा मद्दत गर्नेछ । हवाई सुरक्षालाई मजबुत बनाउनेछ । समुद्री मार्गहरूलाई सुरक्षित बनाउनेछ ।

प्रस्तावमा युक्रेनी सेनालाई शान्ति कालमा करिब आठ लाख सैनिकसम्म सीमित राख्ने विषय पनि समावेश छ । शान्ति वार्तामा सबैभन्दा ठूलो अवरोध युक्रेनको जमीन र नेटो सदस्यतालाई लिएर छ । युक्रेन रुसलाई आफ्नो जमीन सुम्पिने पक्षमा नरहेको स्पष्ट पारेको छ ।

रुस भने युक्रेनले पूर्वी डोनबास क्षेत्रबाट आफ्नो सेना हटाओस् भन्ने चाहन्छ । जेलेन्स्कीले यदि, अमेरिका र पश्चिमी देशहरूले नेटोजस्तो सुरक्षा ग्यारेन्टी दिएमा, युक्रेनले नेटो सदस्यतामाथि पुनर्विचार गर्नसक्ने संकेत दिएका छन्, यद्यपि उसको प्राथमिकता अझै पनि नेटोमा सामेल हुनु नै रहेको छ ।

अमेरिकाको तर्फबाट पेस गरिएको दस्तावेजमा सुरक्षा ग्यारेन्टीलाई पहिलेभन्दा धेरै स्पष्ट पारिएको छ । जर्मनीका चान्सलर फ्रेडरिक मर्जले यसलाई अहिलेसम्मको सबैभन्दा ठोस प्रस्ताव भएको बताएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार, शान्ति योजनाका करिब ९० प्रतिशत बुँदाहरूमा सहमति जुटिसकेको छ । रुसले पनि युक्रेन युरोपेली संघमा सामेल हुन आफूलाई आपत्ति नभएको संकेत दिएको छ ।

तर, नेटो सदस्यतालाई भने ऊ अझै पनि खतरा मान्छ । यसबीच अमेरिकी पक्षबाट अमेरिका–मध्यस्थतामा अघि सारिएको शान्ति सम्झौता छिटो स्वीकार गर्न बढ्दो दबाब आइरहेका बेला युरोपेली नेताहरूले युक्रेनलाई निरन्तर र स्पष्ट समर्थन जनाउने अपेक्षा गरिएको छ ।

अमेरिकी दूतहरू, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की तथा युक्रेनी र युरोपेली अधिकारीहरूबीचको शान्ति वार्ता बढ्दो रूपमा आक्रामक देखिएको रुसको सन्दर्भमा महादेशीय स्थायित्व सुरक्षित गर्ने प्रयासको अङ्गका रूपमा अघि बढाइएको हो ।

रुसी राष्ट्रपति पुटिनले युक्रेनको नेटो सदस्यताका प्रयासलाई मस्कोको सुरक्षाका लागि गम्भीर खतरा भन्दै सन् २०२२ को फेब्रुअरीमा सुरु गरिएको पूर्ण आक्रमणको मुख्य कारणका रूपमा व्याख्या गर्दै आएका छन् ।

क्रेमलिनले कुनै पनि सम्भावित शान्ति सम्झौतामा युक्रेनले नेटो सदस्यताका लागि आफ्नो दाबी त्याग्नुपर्ने अडान राखेको छ । यस सन्दर्भमा राष्ट्रपति जेलेन्स्कीले पश्चिमी सुरक्षा आश्वासनहरू कानूनी रूपमा बाध्यकारी हुनुका साथै अमेरिकी कङ्ग्रेसबाट पनि समर्थित हुन आवश्यक रहेकोमा जोड दिए ।

क्रेमलिनले सोमबार बर्लिन वार्ता सम्पन्न भएपछि अमेरिकी पक्षबाट विस्तृत जानकारी प्राप्त हुने अपेक्षा गरिएको जनाएको छ । क्रिसमससम्म शान्ति वार्ता टुङ्गिन सक्छ कि भन्ने प्रश्नमा राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले समयसीमा अनुमान गर्नु ‘धन्यवादहीन कार्य’ भएको टिप्पणी गरे ।

उनले भने, “म रुसी पक्षका लागि, राष्ट्रपति पुटिनका लागि मात्र बोल्न सक्छु । उहाँ गम्भीर शान्ति र गम्भीर निर्णयका लागि खुला हुनुहुन्छ तर समय तान्ने उद्देश्यका कुनै पनि चालप्रति खुला हुनुहुन्न ।”

यसैबिच, लन्डनमा बेलायतको विदेशी गुप्तचर संस्था एमआई–६ का नयाँ प्रमुखले सोमबार राष्ट्रपति पुटिनको विश्वभर अराजकता फैलाउने दृढ सङ्कल्पका कारण द्वन्द्वका परम्परागत नियमहरू पुनः लेखिँदै गएको र नयाँ सुरक्षा चुनौतीहरू सिर्जना भइरहेकोबारे चेतावनी दिने तयारी गरेका छन् ।

एमआई–६ की प्रमुख ब्लेज मेट्रेवेलीले आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा बेलायतले ‘आक्रामक र विस्तारवादी’ रुसका कारण बढ्दो रूपमा अप्रत्याशित र आपसमा जोडिएका खतराहरूको सामना गरिरहेको बताउने अपेक्षा गरिएको छ ।

युद्धक्षेत्रमा ड्रोन आक्रमणहरू भने जारी छन् । युक्रेनी वायु सेनाका अनुसार आइतबारदेखि सोमबारसम्म रुसले विभिन्न प्रकारका १५३ वटा ड्रोन युक्रेनतर्फ प्रहार गरेको थियो । वायु सेनाले सोमबार बिहानसम्म १३३ वटा ड्रोन निष्क्रिय बनाइएको र थप १७ वटा ड्रोनले लक्ष्यमा क्षति पु¥याएको जनाएको छ ।

उता रुसमा, रक्षा मन्त्रालयले रातारात १३० वटा युक्रेनी ड्रोन खसालिएको र सोमबार बिहान ७ देखि ८ बजेको बीचमा थप १६ वटा ड्रोन नष्ट गरिएको जानकारी दिएको छ। मस्को क्षेत्रमा मात्र १८ वटा ड्रोन खसालिएको बताइएको छ ।

सुरक्षाका कारण मस्कोका डोमोडेडोभो र झुकोभ्स्की विमानस्थलमा उडानहरू अस्थायी रूपमा रोकिएको थियो । क्षति र सम्भावित हताहतको विवरण भने तत्काल उपलब्ध हुन सकेको छैन ।

युरोपेली राजनीतिक सन्दर्भमा, जर्मन चान्सलर फ्रेडरिक मेर्जले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किर स्टार्मरका साथमा युक्रेनलाई समर्थन गर्ने युरोपेली प्रयासहरूको नेतृत्व गर्दै आएका छन् ।

उनल शनिबार भने, “युरोप र जर्मनीका लागि दशकौँदेखि कायम ‘प्याक्स अमेरिकाना’ अब धेरै हदसम्म समाप्त भएको छ ।” ‘प्याक्स अमेरिकाना’ भन्नाले दोस्रो विश्वयुद्धपछिको अमेरिकी प्रभुत्व र त्यसले ल्याएको सापेक्ष विश्व शान्तिलाई जनाउँछ ।

चान्सलर मेर्जले राष्ट्रपति पुटिनको उद्देश्य ‘युरोपको सीमामा मौलिक परिवर्तन ल्याउने र पुरानो सोभियत सङ्घजस्तै प्रभाव क्षेत्र पुनःस्थापना गर्ने’ रहेको चेतावनी दिए । “यदि युक्रेन ढल्यो भने भन्दै उनले म्युनिखमा आयोजित पार्टी सम्मेलनमा चेतावनी दिएका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top