९ चैत्र, एजेन्सी ।
रसियाली पत्रकार दिमीत्री मुरातोभले आफूले पाएको नोबल शान्ति पुरस्कारको मेडल लिलामीमा राख्न चाहेको बताएका छन्।
युक्रेन युद्धमा परी शरणार्थी बन्न बाध्य भएका युक्रेनीको सहयोगका लागि मुरातोभले यस्तो चाहना व्यक्त गरेका हुन्।
मंगलवार नोभाया ग्याजेट पत्रिकामा उनले शरणार्थीलाई बाँड्न, घाइते र बालबालिका जसलाई तुरुन्तै उपचारको खाँचो छ उनीहरुलाई सहयोगका लागि आफूले यस्तो सोचेको जनाएको हफिङटन पोस्टले जनाएको छ।
नोभायाका सम्पादकसमेत रहेका उनले नोबल शान्ति पुरस्कारमा प्राप्त नगद रसियाका स्वतन्त्र मिडिया र स्पाइनल समस्यामा रहेका बालबालिकाका लागि खर्च गरेका थिए।
मुरातोभले सन् २०२१ मा फिलिपिन्सकी मरिया रेसासँगै पुरस्कार ग्रहण गरेका थिए।