×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युद्धपोतको किङ बन्यो चीन, अमेरिकालाई पछार्याे

१० चैत्र २०८१

११ चैत , काठमााण्डौ ।
पछिल्ला केही वर्षहरूमा चीनको नौसेना (समुद्री जहाजको माध्यमबाट युद्ध गर्ने फौज अर्थात जलसेना तथा यसले अमेरिकी चासोहरूलाई पार्न सक्ने सम्भावित असरबारे चिन्ता निरन्तर बढ्दै गएको छ ।

दुई दशकअघि अमेरिकी नौसेनासँग २८२ युद्धपोतहरू थिए भने चिनियाँ नौसेनासँग २२० मात्र थिए । सन् २०१० को मध्यतिर यो अग्रता समाप्त भयो । अहिले चिनियाँ युद्धपोतहरूको संख्या अमेरिकी नौसेनाको तुलनामा धेरै बढी छ ।

चीनसँग ४०० युद्धपोत हुँदा अमेरिकासँग २९५ मात्र छ । यदि अमेरिकाले आफ्नो हालको जहाज निर्माणको गति परिवर्तन गरेन भने यो ‘जहाज अन्तर’ अझ बढ्दै जानेछ । तर, संख्याको आधारमा मात्र कुनै नौसेनाको गुणस्तर वा क्षमताको सही मूल्यांकन गर्न सकिँदैन

कुनै पनि सैन्य बलको रणनीति, त्यससँग सम्बन्धित स्थलआधारित क्षमता तथा अन्य विविध कारकहरूले पनि नौसैनिक युद्धमा प्रभाव पार्न सक्छन् । अमेरिकी युद्धपोतहरू सामान्यतया चिनियाँ जहाजहरूको तुलनामा ठूला छन् र तिनमा उच्चस्तरीय सेन्सर, इलेक्ट्रोनिक्स र हतियारहरू जडान गरिएका छन् ।

उदाहरणका लागि चिनियाँ पनडुब्बी फ्लिटमा प्रायः परम्परागत डिजेल इन्जिनबाट चल्ने पनडुब्बीहरू छन् । जबकि अमेरिकी नौसेनासँग भएका ४९ वटा आक्रमण पनडुब्बीहरू परमाणु ऊर्जाबाट सञ्चालित छन् जसले ती धेरै गुणा शक्तिशाली बनाउँछ ।

त्यस्तै, अमेरिकी नौसेनासँग ठूलो संख्यामा विमानवाहक पोतहरू छन् र क्रूजर तथा डेस्ट्रोयर जस्ता ठूला तथा शक्तिशाली युद्धपोतहरू छन् । यसको अतिरिक्त, अमेरिकी जहाजहरू राम्रो तालिमप्राप्त चालक दल तथा अनुभवी अधिकृतहरूको नेतृत्वमा सञ्चालन हुन्छन् ।

उदाहरणका लागि, अमेरिकी नौसेनाले मध्यपूर्वमा हुथी विद्रोहीहरूविरुद्ध सञ्चालन गरेको पछिल्लो सैन्य कारबाहीमा आफ्नो उत्कृष्ट रणनीतिक क्षमता देखाएको थियो । यस्तो वास्तविक युद्ध अनुभव चिनियाँ नौसेनासँग छैन ।

चिनियाँ जहाजहरूको सङ्ख्या बढी हुनुमा मुख्य योगदान चीनको विशाल औद्योगिक जहाज निर्माण क्षमताले गरेको छ । यसले लामो युद्धमा महत्वपूर्ण लाभ दिन सक्छ र केवल गुणस्तर वा सीपले मात्र यसको क्षतिपूर्ति गर्न सक्दैन ।

चीनसँग विश्वकै सबैभन्दा ठूलो जहाज निर्माण उद्योग छ जसले हरेक वर्ष बाँकी विश्वले निर्माण गर्ने जहाजको कुल भारभन्दा बढी मात्रामा उत्पादन गर्छ । अमेरिकी नौसेना गुप्तचर कार्यालका अनुसार जहाज निर्माण क्षमताको मामिलामा चीन अमेरिकाभन्दा २०० गुणा अगाडि छ । हाल चीनको उत्पादन मुख्यतः व्यावसायिक जहाजहरूमा केन्द्रित छ ।

यस्तै प्रकारको शक्ति र कमजोरीको भिन्नता दोस्रो विश्वयुद्धको प्रशान्त महासागर क्षेत्रमा अमेरिका र जापानबीच देखिएको थियो । त्यस युद्धको सुरुआतमा अमेरिकी नौसेना जापानी नौसेनाको तुलनामा कम अनुभवी थियो । तर अमेरिकासँग अपार औद्योगिक क्षमता थियो ।

यस क्षमताका कारण अमेरिकाले लामो युद्धमा जापानलाई पछार्न सक्यो । सत्रौं शताब्दीको मध्यदेखि शीतयुद्धको अन्त्यसम्म समुद्री युद्धमा पराजित भएका पक्षहरूले औसतमा आफ्नो युद्ध स्क्वाड्रनको लगभग एक तिहाइ गुमाएका थिए ।

१३ प्रतिशत अवस्थामा त पराजित पक्ष पूर्ण रूपमा ध्वस्त नै भएको थियो । अझ भौतिक रूपमा बलियो सेनाले पनि युद्धमा हार व्यहोर्न सक्छ । उदाहरणका लागि १९४१ मा जब अमेरिका दोस्रो विश्वयुद्धमा प्रवेश गर्यो अमेरिकी नौसेना जापानी नौसेनाभन्दा संख्यात्मक रूपमा ठूलो थियो । तर, अमेरिकाले महँगो मूल्य चुकाउनु प¥यो ।

हालको चीन–अमेरिका नौसैनिक प्रतिस्पर्धामा पनि त्यस्तै परिस्थिति देखिन्छ । दोस्रो विश्वयुद्धको समयमा जापानले जस्तो सोच राखेको थियो अहिले अमेरिका पनि त्यस्तै सोचमा रहेको देखिन्छ । उत्कृष्ट हतियार र तालिम प्राप्त सेना नै पर्याप्त हुनेछ र ढिलो जहाज निर्माण प्रक्रियाले असर गर्ने छैन भन्ने उसको सोचाइ छ ।

अमेरिकाले सोचेजस्तै युद्ध भएन भने लामो समुद्री युद्धमा अमेरिकी जहाज कमजोर हुन सक्छ किनकि चीनसँग युद्धकालीन पुनर्निर्माण गर्ने ठूलो क्षमता छ । अमेरिकाको जहाज निर्माण प्रक्रिया अहिले निकै सुस्त छ । दोस्रो विश्वयुद्धको तुलनामा अहिलेका युद्धपोतहरू निर्माण गर्न धेरै समय लाग्छ ।

त्यसमाथि, अमेरिकी औद्योगिक उत्पादकत्व बढ्नुको सट्टा झन् घट्दो अवस्थामा छ । अहिले अमेरिकी शिपयार्डलाई एउटा विमानवाहक पोत बनाउन ११ वर्ष लाग्छ । एउटा परमाणु–संचालित पनडुब्बी वा डेस्ट्रोयर बनाउन ९ वर्ष लाग्छ। जबकि दोस्रो विश्वयुद्धको समयमा एउटा विमानवाहक पोत एक वर्षमै निर्माण गर्न सकिन्थ्यो र एउटा पनडुब्बी केही महिनामा नै तयार हुन्थ्यो।

यदि आज अमेरिकी नौसेनाले प्रारम्भिक युद्धमा ठूलो क्षति व्यहोर्नुप¥यो भने नयाँ जहाज निर्माण गरेर त्यस क्षतिपूर्ति गर्न अमेरिका असमर्थ हुनेछ । यदि अहिले अमेरिकी नौसेनाले एउटा विमानवाहक पोत गुमायो भने त्यसलाई प्रतिस्थापन गर्न दशकौं लाग्न सक्छ या सायदै सम्भव होला ।

यस समस्यालाई झन् जटिल बनाउने कुरा के भने, चीनले अमेरिकी नौसेनाको गुणस्तरीय अग्रतालाई खुम्च्याउँदै लगेको छ । चीन अमेरिकाभन्दा आधा समयमै विमानवाहक पोत तथा परमाणु–सञ्चालित पनडुब्बीहरू निर्माण गर्न सक्षम भइसकेको छ । यही औद्योगिक अग्रताले चीनलाई युद्धमा थप क्षमतावान बनाउँछ ।

अमेरिकाले चिनियाँ जहाज निर्माण क्षमतासँग प्रतिस्पर्धा गर्न चाहे पनि २०० गुणा कम उत्पादक क्षमताका कारण सो लक्ष्य व्यवहारिक छैन । तर, केही उपायहरू अवलम्बन गर्न सकिने विज्ञहरु बताउँछन् । जस्तो अमेरिका, जापान र दक्षिण कोरियाको जहाज निर्माण क्षमताको संयुक्त उपयोग गर्न सकिन्छ ।

युद्धकालीन जहाज निर्माणलाई तीव्र बनाउन अत्यावश्यक घटकहरू जस्तैःप्रोपेलर शाफ्ट, परमाणु–संचालित भागहरू आदि स्टक गर्न सकिन्छ । चीन र अमेरिकाबीचको नौसैनिक प्रतिस्पर्धामा ध्यान दिनुपर्ने मुख्य पक्ष भनेकै युद्धकालीन निर्माण क्षमताको प्रतिस्पर्धा हो ।

इतिहासले कमजोर औद्योगिक क्षमता भएकाले लामो समुद्री युद्ध जित्न सकिँदैन भन्ने देखाएको छ । अमेरिकी नीति–निर्माताहरूा कारण लामो युद्धमा जित्न सक्ने मात्र होइन, लड्न सक्ने क्षमतासमेत गुम्ने खतरा हुन सक्ने विज्ञहरुले बताएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top