×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

युद्धविरामका लागि इजरेल र हमास सकारात्मक

१४ फाल्गुन २०८०

१४ फागुन, एजेन्सी । 

इजरायल–गाजा युद्धविरामबारे पेरिसमा भइरहेको वार्ता सकारात्मक हुने आशा गरिएको छ । पेरिसमा युद्धविराम र बन्धकहरुलाई रिहा गर्ने विषयमा वार्ता भइरहेको छ । यो सम्झौतामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको रिहाइको माग पनि समावेश छ । यसअघि इजरायले हमालले बन्धक बनाएका आफ्ना नागरिकलाई रिहाइ गर्न समयसीमा दिएको थियो ।

जारी छलफलमा बन्धकहरूको रिहाइ र अस्थायी युद्धविरामबारे आधारभूत समझदारी भएको बताइएको छ । यसै संदर्भमा कतार र इजिप्टमा दुई चरणको वार्ता गराउने तयारी भएको छ । दोहा र कायरोमा हुने छलफलका लागि इजिप्ट, कतार, संयुक्त राज्य अमेरिका र इजरायलका विशेषज्ञहरूको सहभागितामा वार्ताको तयारी भएको हो ।

वार्तामा हमास आन्दोलनको एक प्रतिनिधिमण्डल पनि सहभागी हुने इजिप्टका एक अधिकारीलाई उद्धृत गर्दै अल काहेरा समाचारले जनाएको छ । यस्तै इजरायलको मन्त्रिपरिषद्ले पनि गाजा युद्धविराम सम्झौतामा वार्ता जारी राख्न एक प्रतिनिधिमण्डल कतार पठाउने भएको छ । कतारको राजधानी दोहामा भइरहेको वार्ताका लागि आफ्नो प्रतिनिधि मण्डल पनि पठाउने बताएको हो ।

प्रतिनिधिमण्डलमा गैर–वरिष्ठ अधिकारीहरू सम्मिलित हुने बताइएको छ । आक्रमणमा करिब १ हजार २०० इजरायलीहरू मारिएका छन् भने २०० जनाभन्दा बढीलाई बन्धक बनाइएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको पछिल्लो तथ्यांकअनुसार त्यसयता इजरायली सेनाले गरेको आक्रमणमा २९ हजार ६९२ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ६९ हजार ८७९ जना घाइते भएका छन् ।

इजिप्ट, कतार र संयुक्त राज्यले अमेरिकाले इजरायल र हमासबीच एक हप्ता लामो युद्धविराम मध्यस्थता गरेको थियो । युद्धविराममा प्यालेस्टिनी कैदी र इजरायली बन्धक आदानप्रदानका साथै गाजामा थप मानवीय सहायता वितरण गरिएको थियो । यसैबीच, इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई राजीनामा दिन दबाब बढेको छ ।

हिजो इजरायलको तेलअभिभमा नेतान्याहुको राजीनामा माग गर्दै प्रदर्शन भएको खबरमा उल्लेख छ । यसअघि गएको अक्टोबर ७ मा हमासले आक्रमण गर्नुअघि इजरायलमा सरकार विरोधी प्रदर्शनहरू भइरहेका थिए । प्रदर्शनकारीले नेतान्याहुले बन्धकहरूलाई मुक्त गर्न भन्दा हमासलाई हराउनमा बढी चासो राखेको बताएका छन् ।

यसैबीच अमेरिकाको वाशिंगटनमा इजरेली दूतावास बाहिर एक वायुसेनाका जवानले स्वयंलाई आगो लगाएका छन् । प्रहरीका अनुसार यो घटना स्थानीय समयानुसार आइतबार दिउँसो भएको हो । ती व्यक्तिले इजरेलको दूतावास अघि उभिएर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई अमेरिकी सिक्रेट सर्भिसका अकिारीहरु र डीसी अग्निनियन्त्रक दलले आगो निभाएर उद्यार गरेका थिए ।

तर अस्पतालमा भर्ना गरिएका उनको अवस्था गम्भीर रहेको बताइएको छ । एरन बुशनेल नाम गरेका उनी अमेरिकी वायुसेनाका एक सक्रिय सैनिक रहेका स्थानीय मिडियाहरुले बताएका छन् । आत्मदाहको प्रयास गर्नुअघि उनी आफैले भिडियो बनाएका थिए । भाइरल भएको सो भिडियोमा उनले नरसंहारमा सहभागी नहुने बताएका छन् ।

साथै फ्रि प्यालेस्टाइनको नारा लगाएका छन् । अमेरिकाले हमासविरुद्धको युद्धमा इजरेललाई सघाएकोमा अमेरिकी नागरिकहरु नै खुसी छैनन् । बेलाबेला त्यहाँ विभिन्न ठाउँमा फ्रि प्यालेस्टाइन भन्दै प्रदर्शनसमेत हुँदै आएको छ । अमेरिकाले गाजामा युद्ध अन्त्य गर्नेसम्बन्धी राष्ट्रसंघको प्रस्तावमा समेत भिटो प्रयोग गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top