Nepal Times
Nepal Times
3
Shares

युभेन्टसले पार्मालाई हराउँदा शीर्षस्थानको इन्टर मिलानले बराबरी खेल्यो

युभेन्टसले पार्मालाई हराउँदा शीर्षस्थानको इन्टर मिलानले बराबरी खेल्यो

९ बैशाख, काठमाडौ । इटालियन सिरी ‘ए’ मा युभेन्टसले पार्मालाई हराएको छ ।

बुधवार राति भएको खेलमा युभेन्टसले पार्मामाथि तीन–एकको जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन एलेक्स सान्द्रोले दुई र म्याथ्थिज डि लिग्टले एक गोल गरे ।

खेलको २५ औँ मिनेटमा पार्माले अग्रता लिए पनि त्यसलाई खेल अवधिभर जोगाउन सकेन ।

ग्यासटोन ब्रुगम्यानले गोल गर्दै पार्मालाई एक शून्यको अग्रता दिलाएका थिए । तर त्यो अग्रता युभेन्टसका एलेक्स सान्द्रोले ४३ औँ मिनेटमा गोल गर्दै तोडे । त्यसको चार मिनेटमा थप एक गोल गर्दै सान्द्रोले पहिलो हाफमा युभेन्टसलाई दुई–एकले अघि पारे ।

दोस्रो हाफमा ६८ औँ मिनेटमा म्याथ्थिज डि लिग्टलले गोल गर्दै युभेन्टसलाई तीन–एकले अघि राखे । त्यसपछि दुवै टोलीका तर्फबाट गोल हुन सकेन ।

बुधवार नै भएको अर्काे खेलमा इन्टर मिलानले स्पेजियासँग बराबरी खेल्दा युभेन्टसलाई फाइदा भएको छ ।

तेस्रो स्थानमा रहेको युभेन्टसको मिलानसँगको दुरी एघार अङ्कमा छोट्टिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.