×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युभेन्टस च्याम्पियन्स लिगमा छनोट

१० जेष्ठ २०७८

१० जेठ, काठमाडौँ ।

युभेन्टस अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगका लागि छनोट भएको छ । गएराति भएको अन्तिम खेलमा बोलोग्नालाई ४–१ले पराजित गर्दै युभेन्ट्सले लिगको शिर्ष चारमा स्थान पक्का गरेको हो ।

खेलको छैटौं मिनेटमा फेडेरिको किएजाको गोलमा युभेन्टसले अग्रता लिएको थियो । २९ औं मिनेटमा अल्भारो मोराटाले गोल
गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।

पहिलो हाफको अन्तिम मिनेटमा एड्रिएन राबीओटले गोल गर्दै खेललाई फराकिलो जिततर्फ धकेले । ४७औँ मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै ४–० को अग्रता दिलाए । त्यसपछि ८५ औं मिनेटमा रिकार्डो ओर्सोलिनीले गोल गरेपनि युभेन्टस ४–१ले विजयी बन्यो ।

योसँगै युभेन्ट्सले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । अंक तालिकामा च्याम्पियन इन्टर मिलानले ३८ खेलमा ९१ अंक जोड्यो । दोस्रो स्थानको एसी मिलानले जोड्दा तेस्रो स्थानको एटलान्टा र चौथो स्थानको युभेन्टसको समान ७८ अंक छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top