×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

युरोको नकआउट समीकरण पूरा,क्रोएसिया रोकियो

१४ असार २०८१

१३ असार, एजेन्सी ।

युरोपेली च्याम्पियनसिप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो । सहभागी २४ टोलीमध्य ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन् ।हंगेरी, स्कटल्यान्ड, क्रोएसिया,अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेकिया समूह चरणबाट अघि बढ्न सकेनन् ।

अब अन्तिम १६ मा स्पेनले जर्जियासँग खेल्दा जर्मनी र डेनमार्कले एक अर्काको सामना गर्नेछन् । यी दुई खेलको विजेताले क्वाटरफाइनलमा भिड्नेछन् । त्यस्तै पोर्चुगल र स्लोभेनियाको विजेताले सेमिफाइनलमा पुग्न फ्रान्स र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । रोमानिया र नेदरल्यान्ड्स एक अर्कासँग खेल्दा अष्ट्रिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ ।

यी मध्य एक टोलीले इंग्ल्याण्ड र स्लोभाकिया तथा स्विटजरल्यान्ड र इटालीको खेलको जित्ने टोलीबीचको विजेतासँग खेल्नेछन् । शनिबारदेखि राउन्ड अफ १६ चरण सुरु हुनेछ । क्वाटरफाइनलका खेल जुलाई ५ बाट खेलिनेछ ।गएराती भएको समूह ’एफ’ को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग २–० गोलले पराजित गर्यो । जर्मनीको गेल्सनकर्केनमा रहेको भेल्टिन्स एरिनामा जर्जियासँग हारे पनि पोर्चुगल समूह विजेता बनेको छ ।

जर्जियाको जितमा नेपोलीका विंगर क्विचा क्भारात्क्षेलियाले पहिलो र जर्जेस मिकाउताद्जेले पेनाल्टीमा दोस्रो गोल गरे । समूहको अर्को खेलमा टर्कीले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । टर्कीका लागि कप्तान हाकान चाल्हानोग्लु र चेन्क तोसुनले गोल गरे । चेक रिपब्लिकका कप्तान टोमस सुचेकले एक गोल मात्र फर्काउन सके ।

यो समूहमा पोर्चुगल र टर्की समान ६–६ अङ्कका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । पहिलो पटक युरोकपमा छनोट भएको जर्जिया पनि चार अङ्कका साथ अन्तिम १६ मा प्रवेश गरेको छ । एक अङ्क जोडेको चेक रिपब्लिक बाहिरिएको छ । यस्तै समूह ’ई’ को अन्तिम चरणको खेलमा बेल्जियम र युक्रेनले गोलरहित बराबरी खेलेका छन् ।

यही समूहको अर्को खेलमा रोमानिया र स्लोभाकियाले पनि १–१ गोलको को बराबरी खेले । योसँगै यस समूहका चारवटै टोलीको समान चार अङ्क भएको छ । गोल अन्तरका आधारमा रोमानिया समूह विजेता र बेल्जियम उपविजेता हुँदै अन्तिम १६ मा पुगेका छन् । स्लोभाकिया तेस्रो हुँदा युक्रेन पुछारमा रहेर समूह चरणबाट बाहिरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top