Nepal Times
Nepal Times
3
Shares

युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाईटेड र भिल्ला रियल

युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाईटेड र भिल्ला रियल

२४ बैशाख, काठमाडौं । स्पेनिस क्लब भिल्ला रियल युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब आर्सनलसँग गोलरहित बराबरी खेल्दै समग्रमा २–१ को जित निकाल्दै भिल्ला रियलले उपाधिको यात्रा तय गरेको हो ।

इमिरेट्स स्टेडियममा भएको दोस्रो लेगमा आर्सनलले बल पोसेसनमा पकड बनाएपनि फिनिसिङ गर्न नसक्दा गोल गर्न सकेन ।

भिल्लारियलले पनि गोलका केही सुन्दर अवसर खेर फालेको थियो । अब फाइनलमा भिल्ला रियलले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडसँग खेल्नेछ ।

गएराति भएकै खेलमा युनाईटेड इटालियन क्लब रोमासँग ३–२ ले पराजित भएपनि समग्रमा ८–५ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । फाइनल खेल मे २६ मा हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.