×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युरोपेली पावरहाउस स्विटजरल्यान्डमाथि कतारको दुर्लभ जित

२९ कार्तिक २०७५

एजेन्सी, कात्तिक २९
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली राष्ट्र कतारले युरोपेली राष्ट्र स्विटजरल्यान्डलाई १–० ले पराजित गरेको छ । फिफा वरियतामा ९६ औं स्थानमा रहेको कतारले आफूभन्दा ८८ स्थान माथि आठौं स्थानमा रहेको स्विटजरल्यान्डमाथि पहिलो जित दर्ता गरेको हो ।

बुधबार राती भएको खेलमा कतारका लागि अक्रम अफिफले ८६ औं मिनेटमा विजयी गोल गरेका थिए । अफिफले नियमित समय सकिनुभन्दा ४ मिनेट अगाडी गोल गर्दै जित पक्का गरे । कतारका मिडफिल्डरले मैदानको मध्यभागमा बल खोसेपछि दिएको थ्रु बलमा अफिफले गोलरक्षक भोन वोगोलाई छक्याउँदै खाली पोस्टमा गोल गरेका थिए ।

कतारले पछिल्लो समय ठूला राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्दै आफ्नो टोलीलाई तयार गर्दै आइरहेको छ । विश्वकपको अन्तिम १६ मा पुगेको स्विटजरल्यान्डले घरेलु मैदानमा पछिल्लो १० खेलमा ९ क्लिन सिट राखेको थियो ।

कतारले अब सोमबार हुने मैत्रीपूर्ण खेलमा आइसल्यान्डको सामना गर्नेछ । कतारले जनवरी २०१९ मा हुने एसियन कपमा प्रतिस्पर्धा गर्दैछ । अर्को वर्ष ब्राजिलमा हुने कोपा अमेरिकाको लागि पनि कतार आमन्त्रित टोलीको रुपमा सहभागिता जनाउँदैछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top