Nepal Times
Nepal Times
3
Shares

युवा वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु

युवा वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु

४ कार्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन् ।

विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको सोमबार राजधानीमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विज्ञान र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

श्रम र क्षमतालाई प्रविधिमा बदल्न नसकेका कारण नेपालले तुलनात्मक रुपमा विकासको फड्को मार्न नसकेको भन्दै उनले आध्यात्मिक ज्ञानलाई विज्ञानसंग जोड्नुपर्ने बताए । उनले प्रविधिको प्रयोग गर्न नसकेकाले विकासमा नेपाल पछि परेको उल्लेख गर्दे उनले नेपाल र नेपालीको जीवनस्तर उठाई सम्मृद्ध नेपाल निर्माणका लागि प्राप्त ज्ञानलाई नेपालमा नै प्रयोग गर्न युवा बैज्ञानिकहरुलाई आग्रह गरे ।

उपराष्ट्रपति पुनले ३ दिन सम्म चल्ने सम्मेलनले दिने निचोड मुलुकका लागि ठूलो उपलब्धि हुने विश्वास आफुले लिएको बताए । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयतहमा नै प्राविधिक शिक्षा उपलब्ध गराउने गरि विज्ञान र प्रविधिलाई उच्च प्राथमिकतामा राखेको बताए ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजना भएको सम्मेलन सम्मेलन ३ दिन सम्म चल्ने छ । स्वदेशमा कार्यरत र विदेशमा बसेका नेपाली बैज्ञानिकहरुको सहभागीता रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.